१५ चैत्र २०८०, बिहीबार
Follow Us

राजपा नेपालले आँधी प्रभावितलाई ५ लाख सहयोग गर्ने

sarusaru
१८ चैत्र २०७५, सोमबार १०:४७

काठमाडौँ– राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले बारा र पर्सामा आइतबार आएको हावाहुरी प्रभावितहरुका लागि ५ लाख रुपैयाँ सहयोग गर्ने भएको छ । राजपा नेपाल अध्यक्ष मण्डलका अध्यक्ष सरदसिंह भण्डारीले सामबार एक विज्ञप्ति जारी गर्दै पीडितहरुका लागि पार्टीले राहतस्वरुप ५ लाख रुपैयाँ उपलव्ध निर्णय गरेको जनाएका छन् ।
त्यस्तै राजपाले आफ्ना नेता कार्यकर्ताहरुलाई राहत सहयोग संकलन गर्न तथा पीडित परिवारलाई सहयोग गर्न आम नागरिक, व्यवसायी तथा देश विदेशमा रहेका सवैलाई अपिल गरेको छ । राजपाले प्राकृतिक विपतको अवस्थामा प्रदेश दुई सरकारले देखाएको तत्परतको प्रशंसा गर्दै संघीय सरकारलाई सहयोग गर्न आग्रह गरेको छ ।