१५ चैत्र २०८०, बिहीबार
Follow Us

बालश्रमिकको सर्वेक्षण प्रक्रिया सुरु

नेपालब्रिटेन डट कम्
२६ आश्विन २०७३, बुधबार १०:१०

रत्ननगर नगरपालिकाका घरघरमै पुगेर बालश्रमिकको अवस्था अध्ययन गर्न प्रक्रिया सुरु भएको छ ।

बालश्रममुक्त नगर बनाउन यहाँका घरघरमा पुगेर बालश्रमिकको अवस्था अध्ययन गर्न लागिएको रत्ननगर उद्योग वाणिज्य सङ्घले जनाएको छ ।

रत्ननगरका करिब २१ हजार घरधुरीमा पुगेर बालबालिकाको सङ्ख्या, स्वास्थ्य अवस्था, श्रमिक बालबालिकाको सङ्ख्या तथा हालको अवस्थाबारे जानकारी लिन सर्वेक्षण थालिएको सङ्घका अध्यक्ष ज्ञानबहादुर विसुरालले जानकारी दिनुभयो ।

युनिसेफ नेपाल र रत्ननगर नगरपालिकाको सहकार्यमा रत्ननगर उद्योग वाणिज्य सङ्घद्वारा बालश्रममुक्त नगर बनाउनका लागि वडा नं १४, १५ र १६ मा छलफल समेत भएको विसुरालले जानकारी दिनुभयो ।

रत्ननगर नगरपालिकाका सामुदायिक शाखा प्रमुख तेजेन्द्रनाथ लामिछानेले बालश्रम न्यूनीकरणका लागि सबै लाग्नुपर्नेमा जोड दिँदै सर्वेक्षणपछि अवस्था पत्ता लाग्ने र बालश्रम न्यूनीकरणमा योजना बनाउन सहयोग मिल्ने बताउनुभयो ।

बालमैत्री स्थानीय शासन अन्तगर्त नै सहरी अनौपचारिक बाल शिक्षा अन्तर्गत १०० भन्दा बढी रत्ननगरका बालबालिकालाई शिक्षा प्रदान गरिएको जनाइएको छ ।

चितवनको भरतरतपुर र रत्ननगर लगायत क्षेत्रमा झन्डै दुईदेखि तीन हजारको हाराहारिमा बालश्रमिक रहेको अनुमान छ ।

बालश्रम ऐन २०५६ अनुसार १४ वर्ष नपुगेकालाई श्रमिकको रुपमा काम लगाउन नहुने, १४ देखि १६ वर्ष सम्मका बालबालिकालाई साँझ ६ बजेदेखि बिहान ६ बजेसम्म काममा लगाउन नपाउने नियम भए पनि जिल्लामा यो लागू हुनसकेको छैन । रासस

कञ्चनपुरबाट वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बढ्दै
कञ्चनपुरबाट पछिल्लो समय वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बढ्न थालेको छ । स्वदेशमा पर्याप्त रोजगारीको व्यवस्था नहुँदा विदेसिने युवापुस्ताकोेको सङ्ख्या बढ्न थालेको हो ।

जिल्ला प्रशासन कार्यालयमा रहेको वैदेशिक रोजगार परामर्श केन्द्रकाअनुसार गत आर्थिक वर्ष २०७२÷७३ मा मात्रै सात हजार ६९७ जनाले वैदेशिक रोजगारीका लागि राहदानी लिएकामा जिल्लाबाट चार हजार ६२२ र केन्द्रबाट तीन हजार १५ जनाले राहदानी बनाएको केन्द्रका परामर्शदाता लक्ष्मी बोहराले बताउनुभयो । उहाँका अनुसार पछिल्लो समय वैदेशिक रोजगारीमा जाने महिलाको सङ्ख्या पनि बढ्दो क्रममा छ ।

गतवर्ष राहदानी लिनेमध्ये ५७१ जना महिला रहेका छन् । कञ्चनपुरबाट विदेश जाने कतार, दुवई, मलेसिया, ओमन, साउदीलगायतका देशमा जाने गरेका छन् ।

सो केन्द्रका अनुसार आर्थिंक वर्ष २०७१ ७२ मा ९ हजार ११८ जनाले लागि राहदानी बनाएका थिए ।