१३ बैशाख २०८१, बिहीबार
Follow Us

लासहरु गनेर श्रद्धान्जली सजिलो छ, बेला छँदै आँखा खुले, क्षति रोक्न सकिन्छ

नेपालब्रिटेन डट कम्
१८ चैत्र २०७५, सोमबार १५:५२
जगन कार्की, लण्डन
जगन कार्की, लण्डन

हरेक अवसरमा चुक्ने, दुख परेपछि मात्र झुक्ने ,
बनाउने बेलामा फुट्ने, भत्किंदा मात्र जुट्ने ।

बेला हुँदा, बेथिति विसंगति सुल्झाउन छोडी ,
समस्याहरुका बिस्कुन थापेर, लड्यो , लडायो
कसैले बहकाउद़ा, बहकियो अनि करायो,

उल्टो बाटो, उल्टैमतिले गर्छ नराम्रो खति,
सबै भन्दा सजिलो छ दोष लगाउन ,
एक अर्का अनि पराइ हुँदै
छिमेकिसम्मलाई दोष थोपर्यो ।
यस्तै बन्दैछ हाम्रो परम्परागत मती ।

जोखिम र प्रकोपसंग खेल्दैगर्दा ,
बिना तयारि बिपती झेल्दैगर्दा
प्रकोपको बेगसंगै हरेक बर्ष बगिरहेका निर्दोष आत्माहरुले
मृत्यु पश्चात पनि न्याय पाउने छैनन् ,
शाशकहरुका अक्षम्य गल्तीहरुले
समाजमा बन्द जिम्मेवार आँखाहरुले ।

उकाली ओराली फाँटमा कुद्ने ,
खटेरा गाडीहरु संगै अड्किएका हाम्रा सासहरुले ,
प्रकोप र विपदबाट बच्न सकिने अवसरहरु गुमाउदै गर्दा
अकालमा गुमेका कयौं आफन्त र प्रियहरुका लासहरुले
गिज्याउँदै भनिरहेका छन् ,
तिम्रा फगत श्रद्धान्जलीका सुस्केरा हैन
बाँकी बचेका जीवन र भबिस्यका लागि केहि गरस
हाम्रै जीवनसंग खेलवाड गर्ने यातायात र सडकको उपचार गर,
प्रकोपलाई थाम्न सक्दैनौ १ कम्तिमा बच्ने र बचाउने पहल गर,
केहि नसके कम्तिमा,
शाशकहरुका बन्द आँखालाई खोल्न मद्दत त गर १

दिवंगतहरुलाई श्रद्धान्जली अर्पण गर्दै गर्दा ,
सहयोग समर्पण भर्दै गर्दा ,
बेला भएको छ भबिस्य सोच्ने,
निर्दोष, अबोधहरुको शुभ कामना गर्ने,

बेथिति विसंगतिको मेल संगै ,
बन्द आँखाहरुको छल हुदै ,
वर्षपिछे आउने भेलसंग, हुरी, कम्प अनि पहिरोबाट ,
कसरि मिलेर सामना गर्ने ?
शासन सत्ता हातमा बोकेर ,
सुशासन र सुरक्षाको मन्त्र जप्दै,
हाम्रा लालाबाला र प्राणसंग
खेलिने खेलहरु बन्द गर्ने |