८ बैशाख २०८१, शनिबार
Follow Us

नेपालीको विपत्तिमा सहयोग गर्न गैर आवासिय नेपालीको सक्रियता

नेपालब्रिटेन डट कम्
१८ चैत्र २०७५, सोमबार १६:१८

काठमाडौं– आइतबार साँझ आएको विनाशकारी आँधीका कारण प्रभावित भएकाहरुको परिवारलाई राहत वितरण गर्न गैरआवासिय नेपाली संघ (एनआरएन) ले सक्रियता थालेको छ ।

संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो आफ्नो मेडिसिटीको हेलीकप्टर सहित प्रभावित क्षेत्रमा छन् ।
यस्तै उपाध्यक्ष कुमार पन्त, सल्लाहकार रामेश्वर शाह, रतन झा सहितको टोलीले पनि राहत सामग्री वितरणको लागि तयारी अवस्थामा राखेका छन् ।
महतोका अनुसार नेपाल मेडिसिटी अस्पतालका चिकित्सकको टोली सोमबार अपरान्ह बारा पुगेको छ ।

हावा हुरीबाट घाइतेको उपचारमा सहयोगका लागि नेपाल मेडिसिटी अस्पतालका चिकित्सकको टोली औषधी र उपकरणसहित बारा पुगको हो ।

यस्तै संघका उपाध्यक्षसहितको टोली राहत वितरणको उद्देश्यले सोमबार बारा पुगेको थियो । त्यहाँको भयाभर अवस्थापछि टोली वीरगन्ज पुगेर राहत रामग्री संकलनमा जुटेको थियो ।

उपाध्यक्ष पन्तले वीरगन्जमा राहत सामग्री लोड गर्ने काम सकिएको भनदै अब मंगलबार बिहानै वितरणको बारामा पुगेर वितरणको काम सुरु बताए । राहत रामग्रीका लागि एएनटीए अमेरिकाले समेत सहयोग गरेको भन्दै उनले धन्यवाद दिएका छन् ।

आजै संघले आफ्ना विश्वभर छरिएका राष्ट्रिय समितिलाई आर्थिक संकलनको लागी निर्देशन समेत दिएको थियो । केन्द्रको निर्देशन अनुरुप गैरआवासीय नेपाली संघ युकेले आर्थिक संकलन थालेको छ ।

बिनासकारी आँधीका कारण बारा र पर्सामा गरी २७ जनाको मृत्यु भईसकेको छ भने ४ सय व्यक्तिहरु घाइते भएका छन् ।