काठमाडौँ– दैलेख र आसपासका जिल्लाहरुमा सोमबार राती भूकम्पको धक्का महसुश भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार राति ८ बजेर ४७ मिनेटमा भूकम्प गएको हो। भूकम्प केन्द्रबिन्दु दैलेख रहेको बताइएको छ । भूकम्प ४.१ रिक्टरस्केलको रहेको बताइएको छ ।