१६ चैत्र २०८०, शुक्रबार
Follow Us

रेडिङ नेपाली कम्युनिटीमा नयाँ नेतृत्वमा टेक गुरुङ

नेपालब्रिटेन डट कम्
१८ चैत्र २०७५, सोमबार १९:१५

मणि सुवेदी । रेडिङ । ग्रेटर रेडिङ नेपाली कम्युनिटीमा नयाँ नेतृत्व चयन भएको छ । आइतबार सम्पन्न संस्थाको दशौं अधिवेसनले टेक गुरुङको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।

नयाँ कार्यसमितिको उपाध्यक्षमा भिमसेन खड्का, यादव श्रेष्ठ , शुसिला गुरुङ, धन रानामगर , प्रबल घिसिङ र योगराज लिम्बू, महासचिवमा ओमकार अधिकारी , सचिवमा विक्रम श्रेष्ठ ,कोषाध्यक्षमा सरोज थापा र सहकोषाध्यक्षमा जगन्नाथ सापकोटा छन् ।

त्यस्तै, सदस्यहरुमा ईमानसिंग राई , तुल बहादुर गुरुङ, वन्दना के सी , हरिमाया गुरुङ, लक्ष्मण श्रेष्ठ , रोमा गुरुङ, हिम्मत सिटौला , सुरेशजंग थापा , रुद्र गुरुङ , अस्मिन श्रेष्ठ , मोहन कटुवाल, ऊदय घिसिङ र मणि सुवेदी चुनिएका छन् ।

नवनिर्वाचित कार्यसमितिका पदाधिकारीहरुलाई निर्वाचन समितिका संयोजक डा गंगाराम दाहालले शपथग्रहण गराएका थिए । त्यसअघि निर्वाचन समिति सदस्य ढक गुरुङले सर्वसम्मतिमा निर्वाचित कार्यसमितिको घोषणा गरेका थिए । समितिका दस्यहरु महेश गुरुङ, अर्जुन बस्नेत र चन्द्रा पुन लगायतले खादा तथा प्रमाणपत्र वितरण गरेका थिए ।

नवनिर्वाचित कार्यसमितिलाई समाजका निवर्तमान अध्यक्ष कृष्ण न्यौपाने, युवा समाजसेवी प्रेम गुरुङ, आमा समाज रेडिंगकी संस्थापक एकमाया थापा , निर्मला न्यौपाने लगायतले बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।

यसअघि अधिवेसनमा निवर्तमान कार्यसमितिका महासचिव ओमकार अधिकारीको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष टेक गुरुङको आर्थिक प्रतिवेदन पारित गरिएको थियो ।

दशौं अधिवेसन तथा १८ औं स्थापना दिवसलाई कार्यक्रमका सभापति, प्रमुख अतिथि, सल्लाहकारहरु तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुबाट १८ वटा दीप बालेर उद्घाटन गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि एनआरएन यूके उपाध्यक्ष योगकुमार फगामी, समाजका पूर्व अध्यक्षद्धय मानबहादुर गुरुङ र किर्तिविलास पन्त तथा सल्लाहकारद्धय राम गलामी र विश्वआदर्श पण्डित लगायतले शुभकानमा व्यक्त गरेका थिए ।

अध्यक्ष कृष्ण न्यौपानेले आफ्नो २ वर्षे कार्यकालमा गरिएका विभिन्न गतिविधिहरुबारे जानकारी गराएका थिए । महासचिव ओमकार अधिकारीले कार्यक्रम सञ्चालन गरेका थिए भने उपाध्यक्ष भिमसेन खड्काले स्वागत मन्तव्य दिएका थिए ।

त्यसअवसरमा संस्थाको १८ औं स्थापना दिवसको केक खाटेर खुशीयाली समेत मनाइएको थियो ।