११ बैशाख २०८१, मंगलवार
Follow Us

अल्डरशटमा हुने ‘क्याप्टेनको रेड कार्पेट शो’ मा अनमोल र भुवन केसी आउने

नेपालब्रिटेन डट कम्
१९ चैत्र २०७५, मंगलवार ०८:५६

अल्डरशटमा हुने क्याप्टेनको रेड कार्पेट शोमा अनमोल र भुवन केसी आउने

लण्डन । अल्डरशटको प्रिन्सेस हलमा क्याप्टेन फिल्मको रेड कार्पेट शो हुने भएको छ । फागुनको १७ गते रिलिज भएको अनमोल केसी स्टारर स्पोट्स ड्रामा क्याप्टेनको रेड कार्पेट शो सपन इन्टरटेन्टमेन्टले गर्न लागेको हो । आगामी शनिवार अल्डरशटको प्रिन्सेस हालमा सम्पन्न हुने सो शोको लागि कलाकारद्धय भुवन केसी र अनमोल केसी वेलायत आउन लागेको सपन इन्टरटेन्टमेन्टका निर्देशक सपन कुमार राईले जनाए ।

राईका अनुसार क्याप्टेनको वेलायतमा एक मात्र शो प्रर्दशन हुने भएको छ । कलाकारद्धय विहीवार बिहान हित्रो विमानस्थलमा उत्रिने तयारीमा रहेको सपन इन्टरटेन्टमेन्टले जनाएको छ ।
फुटबल खेलाडीको उतारचढावको कथा भन्ने सिनेमालाई दीवाकर भट्टराईले निर्देशन गरेका हुन्।

भुवन केसीको होमप्रोडक्सन रहेको सिनेमामा अनमोलले उपासना सिहं ठकुरी तथा प्रियंका एमभी दुई नायिकासँग रोमान्स गरेका छन्।

सिनेमामा सुनिल थापा, प्रशान्त ताम्राकार, सरोज खनाल, विल्सन विक्रम राई, उपासना सिंह ठकुरी, प्रियंका एम भी लगायतको अभिनय रहेको छ ।