१२ बैशाख २०८१, बुधबार
Follow Us

बहुआयामिक व्यक्तित्व नारायण कँडेल

नेपालब्रिटेन डट कम्
१९ चैत्र २०७५, मंगलवार १४:२३

सुरेश कोइराला । बाल्टिमोड । सफल व्यवसायीका रुपमा छुट्टै पहिचान बनाइ सक्नु भएका नारायण कँडेल आगामी एनआरएनए एनसीसी चुनावमा वरिष्ठ उपाध्यक्षको प्रत्यासी हुनुहुन्छ । संस्थाको दीगो र संस्थागत विकासको लागि उहाँले वरिष्ठ उपाध्यक्ष पद्मा उम्मेद्वारी दिनुभएको हो । नेपालको वर्तमान सरकारसँग सिधै पहुँच राख्न सक्ने खुवी भएका कँडेलले अमेरिकामा बसेर पनि देश र जनताको लागि विभिन्न समाज सुधारका कार्यहरू गर्दै आउनु भएको छ ।

कुटनीतिक र बौद्धिक क्षमतावान व्यक्तित्वका धनी वर्तमान एनआरएनएका उपाध्यक्ष नारायण कँडेलको उम्मेद्वारी एनआरएनएको चाहनामात्र नभइ आवश्यकता भएको सबैतिर महसुश गर्न थालिएको छ । उहाँले गरेका कार्य सम्पादनले उहाँलाई त्यस पदका लागि काविल ठानिएको चर्चा अमेरिकामा हुन थालेको छ ।

सक्षम, कुशल र प्रभावशाली व्यवसायीका रुपमा स्थापित सामाजिक व्यक्तित्व कँडेल नवीन सोच र नयाँ योजनाका प्रखर व्यक्तित्व मानिनु हुन्छ । अमेरिकाभरी छरिएर रहेका विभिन्न विचार र उद्देश्य बोकेका कर्मठ र शाहासी नेपालीलाई एउटै मालामा उन्दै संस्थालाई बलियो साझा चौतारी बनाउने अठोटका साथ उहाँ चुनावी मैदानमा उत्रनु भएको हो ।

बाग्लुङको मध्यस्तरीय किसान परिवारमा जन्मिएका कँडेल भरतपुर महानगरपालिकाका स्थायी बासिन्दा हुनुहुन्छ । बाल्यकालदेखि नै सामाजिक कार्य साथै राजनीतिमा समर्पित उहाँले आफ्नो कर्मथलो भने अमेरिकाको टेक्सासलाई बनाउनु भएको छ ।

१५ वर्षको कलिलो उमेरमा नै विभिन्न समाजसेवामा समर्पित उहाँ दुई पटक भरतपुर नगरपालिकाको वडा नं ८ को जननिर्वाचित वडा अध्यक्ष बनिसक्नु भएको छ । यसभन्दा अघि पंञ्चायती व्यवस्थामा पनि जनपक्षीय उम्मेद्वारको रुपमा विजय हासिल गरेर उहाँले भरपुर नगरपञ्चायत वडा नं ८ को अध्यक्ष भएर महत्वपूर्ण दायित्व निर्वाह गर्नु भएको छ । उहाँले त्यति बेला समाज विकासका लागि गरेका कार्य आज पनि उत्तिकै ताजा र अतुलनीय छन् ।

४० देखि ६० को दशकसम्म सामाजिक अभियान्ता रूपमा विभिन्न सामाजिक संघ संस्था, विद्यालय व्यवस्थापन, स्वास्थ्य विकास समिति, नेपाल रेडक्रस सोसाइटी, मानव अधिकारवादी तथा धार्मिक संघसंस्थामा उहाँले महत्वपूर्ण भुमिका निर्वाह रहेको थियो । विश्वमा नै नमूना बनेको सामुदायिक वन व्यवस्थापनका क्षेत्रमा पनि उहाँको ठूलो योगदान रहेको छ ।
जुनसुकै कार्यमा पनि कुशलतापूर्वक कार्य सम्पादन गर्न सक्ने चम्किला नक्षेत्रका रुपमा परिचित कँडेलले विभिन्न विकास साझेदारसँग मिलेर उपलब्धीमूलक कार्यक्रम समेत गर्दै आउनु भएको छ ।

उहाँले २०५९ (सन् २००३०) मा यूएसएको कोलोराडोमा भएको लायन्स क्लवको सम्मेलनमा चितवन लायन्स क्लवको चार्टर प्रेसिडेन्टको हैसियतले भाग लिनु भयोे । उहाँ विगतदेखि नै विभिन्न उद्योगमा विशिष्ठ पदमा रहेर कार्यभार सम्हाल्दै आउनु भएका बहुआयामिक ताराका रुपमा चिनिनु हुन्छ ।

उहाँले रूपी कन्स्ट्रक्सन, चितवन उधोग तथा व्यापार प्रालि, नव गंगा दाना उधोग प्रालिमा प्रवन्ध निर्देशकको कुशल भूमिका निभाइ सक्नु भएको छ । त्यस्तै अनमोल फिड्स प्रालिको सदस्य भै उधोग व्यावसायमा सामेल समेत हुनुन्छ । सन् २००३ देखि हालसम्म अमेरीकाको विभिन्न स्टेटहरूमा पेशा तथा व्यावसायमा सम्लग्न रहेर सामाजिक कार्यमा उहाँ समर्पित हुनुहुन्छ ।