१३ बैशाख २०८१, बिहीबार
Follow Us

हावाहुरी प्रभावीतलाई एनआरएन फिनल्याण्डको १ लाख ४ हजार सहयोग

नेपालब्रिटेन डट कम्
१९ चैत्र २०७५, मंगलवार १४:२८

फिनल्यान्ड : गैर आवासीय नेपाली संघ (एनआरएनए ) फिनल्याण्डले हावाहुरी प्रभावीतलाई १ लाख ४ हजार सहयोग गर्ने निर्णय गरेको छ । आइसिसीको निर्देशनअनुसार फिनल्यान्डले आपतकालिन राहत कोषबाट ५०० यूरो तथा कार्यकारी बोर्डका सदस्यहरुबाट संकलित गरि जम्मा ८४० यूरो (लगभग नेरु १ लाख ४ हजार) नेपाल पठाउने निर्णय गरेको हो ।

एनआरएनए फिनल्याण्डका अध्यक्ष वसन्त गौतम हाल नेपालमै रहनुभएको हुँदा उहाँ आफैले राहत वितरण कार्यको अनुगमन गर्नुहुनेछ । यसका साथै आगामी अप्रिल १४ मा हेलसिन्किमा आयोजना हुन लागेको नयाँ वर्षको सांगितिक कार्यक्रमबाट खर्च कटाई बचेको रकम समेत नेपाल पठाईने भएको छ ।