६ बैशाख २०८१, बिहीबार
Follow Us

बारा अपडेट : रेडक्रसको सहयोग तीब्र

नेपालब्रिटेन डट कम्
१९ चैत्र २०७५, मंगलवार १५:५६

काठमाडाैं- बारा र पर्सा जिल्लाहरुमा हावाहुरीले २ हजार ११ घरमा क्षति पुगेको प्रारभ्भिक सर्वेक्षणले देखाएको छ ।

पहिलो पल्ट मोबाइल एप्लिकेशनको प्रयोग गरी यो तथ्यांक संकलन गरिएको हो । बारामा १ हजार ५ सय दुइ र पर्सामा ५ सय ९ परिवार प्रभावित भएका हुन् । मोवाइल एप्लिकेशनबाट यसरी तथ्याँक लिन स्थानीय वडाध्यक्ष, रेडक्रस र शुरक्षाकर्मीको टोलीले समन्वयमा काम गरिरहेको छ ।

प्रतिकार्यका काममा आज नेरेसोका स्थानीय ९९ जना स्वयंसेवकहरु खटिइरहेका छन् । केन्द्रीय तहबाट राष्ट्रिय विपद् प्रतिकार्य समूह दुवै जिल्लामा पुगिसकेका छन् ।

रेडक्रसले २०६ परिवारलाई राहत प्याकेजको पूर्ण सेट वितरण गरेको छ । यो सेटमा त्रिपाल एक, कम्बल २, सारी १, पुरुषको धोती १, कपडाहरु १६ मीटर, भाँडाकुँडाको सेट, पानी राख्ने वाल्टी, १० मिटर डोरी रहेका छन् ।

यसका अतिरिक्त ४९९ परिवारलाई तारपोलिन तथा डोरी वितरण गरिएको छ । यसमध्ये पर्साका विभिन्न प्रभावित क्षेत्रमा आज २४६ थान तारपोलीन र डोरी वितरण गरिएको छ । त्यस्तै, ७५ जनालाई प्राथमिक उपचार तथा उपचारको लागि ओसारपसारमा सहयोग गरिएको छ । विभिन्न संघसंस्थाको सहयोगमा पर्सामा ५० परिवारका लागि २०० के जी चामल, १०० केजी दाल र ५० केजी आलु वितरण गरिएको छ ।

त्यस्तै, बारामा थप २५३ परिवारलाई तारपोलिन तथा डोरी र एक सय थान म्याट वितरण गरिएको छ ।