१६ चैत्र २०८०, शुक्रबार
Follow Us

साली भिनाजुबीचको अवैध सम्बन्ध, सोझो श्रीमानको गोली हानी हत्या

नेपालब्रिटेन डट कम्
१९ चैत्र २०७५, मंगलवार १८:४५

बुटबल– फिरोज खानको हत्याको मुख्य कारण साली भिनाजुबीचको अवैध सम्बन्ध भएको खुलेको छ । बुटवल उप–महानगरपालिका–१ स्थित गढी टोलमा एक हप्ताअघि उनको हत्या भएको थियो ।

जिल्ला प्रहरी कार्यालयले आज बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा खानकी श्रीमती साहिन खातुनको बयान लगायतका विभिन्न घटनाक्रमले फिरोज खानको हत्या अवैध सम्बन्धका कारण भएको इलाका प्रहरी कार्यालय, बुटवलका प्रहरी नायब उपरीक्षक डिलबहादुर मल्लले जानकारी दिए ।

आपराधिक पृष्ठभूमिका कादिर हुसेन फरार रहेकाले उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । “श्रीमान् सोझो भएकाले काममा जाँदा श्रीमती खातुन बुटवलका विभिन्न होटेलमा बस्ने गरेको अनुसन्धानबाट खुलेको छ,” प्रहरी नायब उपरीक्षक मल्लले भने ।

एक साताअघि भएको सो घटनामा खातुनकी भिनाजु कादिरले गोली हानी हत्या गरेर नवलपरासीको वित्रेणी नाका हँुदै भारत गएको बताइएको छ । हत्या गरिएका खानका दुई छोरा छन् । उनी भारतीय नागरिक हुन् ।