१४ बैशाख २०८१, शुक्रबार
Follow Us

गुडिरहेको बसले किच्दा सहचालकको मृत्यु

sarusaru
२० चैत्र २०७५, बुधबार ०७:०६

हेटौंडा । गुडिरहेको बसले किच्दा पुर्व पश्चिम राजमार्गमा सहचालकको मृत्यु भएको छ ।

वीरगञ्जबाट धनगढी जाँदै गरेको ना ४ ख ३३७५ नम्बरको बसका सहचालकलाई किच्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

बसबाट चिप्लिएका जनकपुर घरभएका १७ बर्षका सहचालक रवि सहनीको बसको पछाडिको चक्काले किच्दा ज्यान गएको बताइएको छ ।

बसको ढोकामा उभिएर बसेका उनी चिप्लिएर लड्दा बसको पछिल्लो भागले भेटेको प्रहरीले जनाएको छ । बस र बसका चालक प्रहरी नियन्त्रणमा रहेको मकवानपुरका प्रहरी नायब उपरिक्षक यज्ञप्रसाद भट्टराईले बताए ।
अनलाइन खबर