१४ बैशाख २०८१, शुक्रबार
Follow Us

चर्चित गायिका अञ्जु पन्त बाइबल बोकेर बारा पुगिन् !

sarusaru
२० चैत्र २०७५, बुधबार ०७:४३

काठमाडौं – चर्चित गायिका अञ्जु पन्तको यतिबेला सामाजिक संजालमा चर्काे आलोचना भइरहेको छ । केही दिन अगाडि गएको विनासकारी आँधीले पिडित बाराका स्थानिय बासिलाई राहात बाड्न गएको उनको तस्बिर सार्वजनिक भएपछि उनको आलोचना सुरु भएको हो ।
राहत बाड्न गएको उनको गाडी सहितको तस्बिरमा बाइबलका पुस्तक भरिएको देखिएको छ । जुन तस्बिर यतिबेला सामाजिक संजालमा भाइरल भइरहेको छ । उक्त तस्बिरका कारण राहतको नाममा अञ्जुले धर्म प्रचार गरिरहेको आरोप लगाइएको छ ।
आफ्नै नामबाट अञ्जु पन्त फाउन्डेसन स्थापन गरेर पछिल्लो समय सामाजिवक काममा सक्रिय उनीले केही पहिले हिन्दू धर्म त्यगेर क्रिस्चियन बनेकी थिइन् ।