८ बैशाख २०८१, शनिबार
Follow Us

कपिलवस्तुमा चोरहरुको भेला

नेपालब्रिटेन डट कम्
२८ आश्विन २०७३, शुक्रबार ०७:२९

पछिल्लो समय कपिलवस्तुमा मोटरसाइकल चोरी गर्ने गिरोह सक्रिय भएका छन् । कपिलवस्तुको चन्द्रौटामा सात महिनाको अन्तरालमा पाँचवटा मोटरसाइकल चोरी भएका छन् ।

हालसम्म शिवराज नगरपालिकाभित्र बेचन गुप्ता, पदम ढकाल, सिराज खान डक्टर, तिलक गैरे, अनिरुद्ध सपकोटा र विष्णु हमालका मोटरसाइकल चोरी भएका छन् । दसँैको आसपासमा मात्र तीनवटा मोटरसाइकल चन्द्रौटा क्षेत्रबाट चोरी भएको छ ।

असोज २२ गते राति सिराज खान डक्टरको लु २० प ९४१७ नंको मोटरसाइकल उनकै निवास पर्सियाबाट चोरी भयो । त्यसपछि असोज २६ गते राति शिवराज नगरपालिका–६ निवासी विष्णु हमालको लु १८ प २३९८ नंको मोटरसाइकल चोरी भयो र सोही रात तिलक गैरेको लु १२ प ४७७७ र अनिरुद्ध सापकोटाको लु २६ प ७६०४ नंको मोटरसाइकल शिवपुरबाट चोरी भयो ।

त्यस्को भोलिपल्ट विष्णु हमालको मोटरसाइकल शिवपुरको एक झाडीमा लुकाइराखेको अवास्थामा फेला प¥यो । अन्यको अझैसम्म पत्ता नलागेको र खोजी जारी रहेको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ ।

त्यस्तै, २०७२ चैत ४ गते चन्द्रौटाको नापी कार्यालयमा कार्यरत बेचन गुप्ताको लु १६ प ५०७४ नंको मोटरसाइकल र चन्द्रौटाका होटल सञ्चालन गरिरहनुभएको पदम ढकालको लु १३ प ५५५४ नंको मोटरसाइकलको अझैसम्म अत्तोपत्तो नभएको बताइएको छ । दिन प्रतिदिन मोटरसाइकल चोरी बढ्नु प्रहरी प्रशासनको कामजोरी रहेको स्थानीयवासीले बताएका छन् ।

चोरहरुको पनि भेला

यसैबीच, मोटरसाइकल चोरी गर्ने गिरोहको भेला शिवराज नगरपालिकाको एक बगैँचामा सम्पन्न भएको बुझिएको छ । चोरहरुले आफूहरुले यस क्षेत्रमा कुनै पनि मोटरसाइकल नचोरेको बताएका छन् ।

स्रोतका अनुसार चोरहरुले रातभरि बगैँचामा खानपिन गरेको पनि खुल्न आएको छ । सो भेलामा कपिलवस्तु, रुपन्देही, नवलपरासी, रोल्पा, प्यूठान, दाङ र भारतका केही गिरोह सहभागी भएको स्रोतको भनाइ छ । रासस