१५ चैत्र २०८०, बिहीबार
Follow Us

खुट्टा फ्याक्टर हुँदा पनि आँधी प्रभावित क्षेत्रमा पुगे प्रदीप पौडेल

नेपालब्रिटेन डट कम्
२० चैत्र २०७५, बुधबार १२:४३

काठमाडौं– आइतबार बारामा आएको आँधीबाट प्रभावितहरुका लागि राहत बोकेर काँग्रेस नेता प्रदीप पौडेलसहितका नेताहरु प्रभावित क्षेत्रमा पुगेका छन् ।

पौडेलसहित नेविसंघका पूर्वमहामन्त्रीकुन्दन राज काफ्ले, पूर्व केन्द्रीय सदस्य सुशील भट्ट, नेताहरु राहत सामग्री लिएर बारा जिल्ला को सुबर्ण गाउँपालिका १ बगइ पुगेका हुन् ।
उनीहरुले म्याट,झुल,बाल्टी,ट्र्चलाइट लगायतका सामाग्री २५० घरधुरीलाइ बितरण गरेका छन् ।
उनीहरुले बाराका स्थानीय नेबिसंघको समन्वयमा अस्थायी टहरा समेत निर्माण गर्ने भएका छन् ।
शारीरिक अशक्तताको बीच पिडितको घाउमा मह्लमपट्ी लगाउने योजनाका साथ पौडेल समेत प्रभावित क्षेत्रमा पुगेका हुन् , पौडेलको केही पहिलेमात्रै खुट्टा फ्याक्चर भएको थियो ।