१४ बैशाख २०८१, शुक्रबार
Follow Us

भिजिट भिषामा वैदेशिक रोजगारको नाममा ठगी, महिला पक्राउ

नेपालब्रिटेन डट कम्
२० चैत्र २०७५, बुधबार १६:३१

काठमाडौं- भिजिट भिषामा वैदेशिक रोजगारको लागि मानिस पठाउने भनि बिश्वास दिलाई रकम ठगी गर्ने काठमाडौं महानगरपालिका-२६ सामाखुसी बस्नेभोजपुर हतुवागढी गाउँपालिका-९की ३४ वर्षीया बिमला थापालाई महानगरीय अपराध महाशाखा टेकुको प्रहरीले गौशालाबाट सोमबारपक्राउ गरेको छ ।
काठमाडौंकोपिंगलास्थानस्थितकम्पास रिक्रुटमेण्ट मेनपावर कम्पनीमा काम गर्नेबिमलाले धनुषा मिथिला बिहारी नगरपालिका-२ बस्ने मोहम्मद राईन र सोही ठाउँ बस्ने सबिर राईनलाई वर्किङ भिषामा दुबई पठाई दिने भनि बिश्वास दिलाई ४ लाख ४० हजार रुपैयाँ लिएर चैत ११ गते अन्तर्राष्ट्रिय बिमानस्थल बोलाई दुबई पठाउन लागेकोमा अध्यागमन बिभागले उनीहरुलाई फिर्ता गरेको थियो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।