४ बैशाख २०८१, मंगलवार
Follow Us

हावाहुरी पिडितलाई सहयोग जुटाउन अफ्रिकामा बस्ने नेपाली सकृय

नेपालब्रिटेन डट कम्
२० चैत्र २०७५, बुधबार २०:१३

केन्या । बारामा आएको हावाहुरी पिडितलाई सहयोग जुटाउन अफ्रिकामा बस्ने गैरआवासीय नेपालीहरु सकृय भएका छन् । यहाँस्थित गैरआवासीय नेपाली संघका शाखाहरु आर्थिक संकलनमा लागेका छन् । केन्या, नाइजेरिया, युगान्डा लगायतका देशबाट आर्थिक संकलन भैरहेको छ ।
गैर आवासीय नेपाली संघ (एनआरएनए ) नाइजेरियाले हावाहुरी प्रभावीतलाई १ लाख २४ हजार सहयोग गर्ने निर्णय गरेको
कोषाध्यक्ष रोहित भन्गारले जनाए । आइसिसीको निर्देशनअनुसार केन्याले आपतकालिन कोषको लागि २५ हजार रुपैयाँ जम्मा गरिसेको अध्यक्ष कृष्ण दत्त भट्टले जनाए । भट्टले आर्थिक संकलन जारी रहेको जानकारी दिए ।
गत आइतबार आएको हावाहुरीका कारण बारा र पर्सामा समेत गरी २८ जनाको ज्यान जानुका साथै ५०० बढी घाइते भएका छन् र हजारौं प्रभावित भएका छन् ।