१६ चैत्र २०८०, शुक्रबार
Follow Us

राहत वितरण भद्रगोल, सक्कलीको नाममा नक्कलीको रजाइँ

नेपालब्रिटेन डट कम्
२१ चैत्र २०७५, बिहीबार ०२:४९

बारा–आँधीबाट प्रभावित बारा र पर्सामा राहत लिनेमा वास्तविक पीडितभन्दा पनि न्यून क्षति भएका पहुँचवाला र धनीमानीकै रजाइँ चलिरहेको छ ।
पक्की घरका छतका रेलिङमा मात्रै क्षति पुगेको तर घरका सबै सामान सुरक्षित रहेका व्यक्तिहरूले नै वास्तविक पीडितको नाममा राहतका सामान लिने क्रम बढेको छ । तर, खुला आकाशमुनि र टेन्टमा बसेका वास्तविक पीडितसमक्ष भने राहतका सामानको पहुहँचै पुग्न सकेको छैन ।

हुरीबाट सबैभन्दा बढी क्षति पुगेको बाराको फेटा–६ करैनिया क्षेत्रमा टेन्ट र पालमुनि बसेका पीडितले आफूहरूले राहतको प्रभावकारी जोहो गर्न नसकेको बताएका छन् । सो वडामा मात्रै हुरीबाट ११ जनाले ज्यान गुमाएका थिए भने दर्जनौं घाइते छन् ।
स्थानीय पीडितका अनुसार हुरीबाट क्षति पुगेका वास्तविक पीडितको स्पष्ट तथ्यांक लिने काम हुन सकेको छैन । वास्तविक पीडितको स्पष्ट तथ्यांक संकलन हुन नसक्दा पीडितको नाममा अन्यले भकाभक राहत लिने गरेका हुन् । पक्की घरवालाले पीडितको नाममा राहत सामग्री बुझेर घरका कोठामा लगेर थुपारेको पाइएको छ । राजधानी दैनिकमा खबर छापिएको छ ।