८ बैशाख २०८१, शनिबार
Follow Us

करोडौं ठगी गर्ने सुधीर बस्नेत पक्राउ

नेपालब्रिटेन डट कम्
२१ चैत्र २०७५, बिहीबार ०३:१०

काठमाडौँ – ओरियन्टल सहकारीका सञ्चालक सुधीर बस्नेत पक्राउ परेका छन् ।
उनलाई काठमाडौंको भीमसेनगोलाबाट पक्राउ गरिएको प्रहरी परिसर काठमाडौंले जनाएको छ । समस्याग्रस्त सहकारीहरुको छानबिन समितिले दिएको प्रतिवेदनको आधारमा उनी पक्राउ परेको प्रहरीले जनाएको छ । बस्नेतमाथि वचतकर्ताको १४ करोडभन्दा धेरै रकम हिनामिना गरेको आरोप छ ।

परिसरका डीएसपी होविन्द्र बोगटीका अनुसार उनीमाथि संगठित अपराध र ठगी मुद्दा चलाइनेछ ।