१३ बैशाख २०८१, बिहीबार
Follow Us

प्रारम्भिक सर्वेक्षण सम्पन्नः विस्तृत सर्वेक्षण सुरु

sarusaru
२१ चैत्र २०७५, बिहीबार ०६:२५

बारा र पर्सा जिल्लाहरुमा हावाहुरीले पारेको विपद्बाट २ हजार ४ सय चार घरमा क्षति पुगेको छ । पहिलो पल्ट मोबाइल एप्लिकेशनको प्रयोग गरी यो तथ्याँक संकलन गरिएको हो । प्रारभ्भिक सर्वेक्षण समाप्त भएसंगै यो नतीजा आएको हो । बारामा १,८९५ घर र पर्सामा ५०९ घर नराम्ररी प्रभावित भएका हुन् ।

नेरेसोका कार्यकारी निर्देशक उमेश ढकालले भन्नुभयो ः“अव विस्तृत घरधृरी सर्वेक्षण सुरुभइरहेको छ । पर्सामा आजैदेखि सुरुभएको र बारामा भोलीबाट सुरु हुने छ ।”

प्रारम्भिक सर्वेक्षण अनुसार एकहजार ६२ घर पूर्ण क्षती भएको छ र एक हजार तीनसय ४२ घर आंशिक क्षति पुगेको छ । मर्मत गरेर काम चलाऊ हिसावले बस्न मिल्नेलाई आंशिक क्षतिमा गणना गरिएको छ ।

बारामा नौ सय ४० घर पूर्ण क्षति छ भने नौ सय ५५ घर आंशिक क्षति छ । त्यस्तै पर्सामा १२२ घर पूर्ण क्षति भएका छन् भने ९४० घरमा आंशिक क्षति भएको छ । स्थानीय वडाध्यक्ष, रेडक्रस र शुरक्षाकर्मीको संयुक्त टोलीले यो तथ्याँक निकालेको हो ।

प्रतिकार्यको तेस्रो दिन आज विभिन्न सहयोगको लागि रेडक्रसका ८२ स्वयंसेवक खटिएका र थप १३३ परिवारलाई तारपोलिन र डोरी वाँडिएको नेरेसोका सञ्चार निर्देशक दिव्यराज पौडेलले बताउनुभयो । १०० वटा म्याट्रेस र ४० वटा कम्मल पनि आजै वितरण गरिएको छ ।

केन्द्रीय तहबाट राष्ट्रिय विपद् प्रतिकार्य समूह दुवै जिल्लामा पुगिसकेका छन् र भोलीदेखि खानेपानी तथा सरसफाईको राष्ट्रिय विपद् प्रतिकार्य टोली बारामा सक्रिय हुनेछन् ।