१५ चैत्र २०८०, बिहीबार
Follow Us

को हुन् एनआरएनए मेरिल्याण्ड अध्यक्षका प्रत्याशी घिमिरे ?

नेपालब्रिटेन डट कम्
२१ चैत्र २०७५, बिहीबार ०७:५५

ठण्डीले चिसिएको मौसम रापिलो बन्न थालेसँगै एन आर एन एको आसन्न निर्वाचनले गैर आवासीय नेपालीहरूको सामुदायिक वातावरण पनि तात्न थालेको छ । तुलनात्मक रूपले सानै भएपनि संयुक्त राज्य अमेरिकाभरिका राज्यहरूमा सबैभन्दा बढी सदस्य हुने मध्ये ते़श्रो ठूलो राज्य मेरिल्याण्डको चुनावी माहौल पनि गर्माउन थालेको छ ।

यसैबीच नेपाली जनसंपर्क समिति अमेरिका मेरिल्याण्ड च्याप्टरका सचिव डोलनाथ घिमिरेले पनि एन आर एन ए मेरिल्याण्ड अध्यक्षका लागि आफ्नो दाबी प्रस्तुत गरेका छन् । को हुन् त अध्यक्षका दाबेदार घिमिरे ?
सानै उमेर देखि राजनितिक तथा सामाजिक
गतिविधिमा सक्रियतापूर्वक संलग्न डोलनाथ घिमिरे आफ्नो स्कूले जीवनमा नै चितवनको ऐतिहासिक हाई स्कुल शारदानगरको नेपाल विद्यार्थी संघको इकाइ अध्यक्ष भएका थिए । लोकतान्त्रिक आन्दोलनका दौरान पटक पटक थुनामा परेका उनी मनको कुरा स्पष्ट राख्ने हक्की स्वभावका मानिन्छन् । बुवाको प्रेरणाले सामाजिक गतिविधिमा लाग्न उत्प्रेरित बनेका डोलनाथ घिमिरे चितवन जिल्लामा अत्यन्त लोकप्रिय नाम हो ।रेडक्रस लगायत अन्य विभिन्न सामाजिक संघ संस्था तथा क्लबहरूमा सक्रीय थिए । रेडक्रसको आजीवन सदस्य समेत रहेका घिमिरेले सन् २०१२-१३ का लागि लायन्स क्लब भरतपुर हाइटको अध्यक्ष भई काम गरेको अनुभव संगालिसकेका छन् ।

अमेरिका आएपछि आफ्नै व्यवसाय संचालन गर्दै आएका घिमिरे सामाजिक क्रियाकलापमा पनि उत्तिकै सक्रिय भेटिन्छन् । उनी यहाँको नेपाली समुदायका हरेक गतिविधिमा अहं भूमिकामा देखिन्छन्। नेपाली समुदायद्वारा निर्मित नेपालीहरूको धरोहर हिन्दु बुद्ध मन्दिरलाई एक हजार डलर दिई संस्थापक सदस्य बनेका उनले आफ्ना स्वर्गीय बुवाको स्मृतिमा थप पाँच हजार दान गरेका छन् ।