१६ चैत्र २०८०, शुक्रबार
Follow Us

२ सय १२ किलो गाजा सहित ३ जना पक्राउ

sarusaru
२१ चैत्र २०७५, बिहीबार ०८:२७

जिल्ला प्रहरी कार्यालय मकवानपुरले दुइ छुट्टा छुट्टै घटनामा सफलता हात परेको छ। ३ नम्बर प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको संयुक्त टोलीले बिशेष सुचनाको आधारमा हेटौडा उपमहानगर वार्ड न -३ तिनताप्केमा ना ३ ख ३७६९ नम्बरको पिकअपमा लुकाई छिपाई ल्याएको २ सय १२ किलो गाजा बरामद गरेको हो। पिकअप को पछाडिको ढालामा त्रिपाल मुनि प्लास्टिकमा चारपाटे आकारमा ३० पोका बनाइ लुकाई छिपाई ल्याइरहेको अवस्थामा उक्त गाजा फेला परेको हो। उक्त गाडीका चालक महोत्तरी जिल्ला बर्दिबास नगरपालिका -११ का ३६ बर्षको रामजस यादव र गाडीमा सवार यहि बस्ने बर्ष १९ को उज्ज्वल मगरलाइ नियन्त्रणमा लिई लागु औषध नियन्त्रण ऐन २०३३ बमोजिम आवश्यक अनुसन्धान र कारवाही भै रहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ। यसैगरी जिल्ला प्रहरी कार्यलय मकवानपुर अन्तर्गत रहेको इलाका प्रहरी कार्यलय पशुपतिनगरको प्रहरी निरिक्षक अरुण कुमार कुशवाहा सहितको टोलीले लागु औषध सहित १ जनालाई पक्राउ गरेको छ। हेटौडा उपमहानगरपालिका -१५ रातोमाटे बिरगंजबाट हेटौडा तर्फ आउदै गरेको ना ७ ख ९१६५ को बसलाइ चेकजाच गर्दा राप्ति नगरपालिका-४ चितवन बस्ने लक्ष बहादुर राइको साथबाट नाइँट्रोभेट १० लेखेको १२७ ट्याब्लेट ,डाइजेल्याब १० एम्पुल ,ब्युनोर्फिन १० एम्पुल र फेनार्गन १० एम्पुल फेला पारी निजलाई पक्राउ गरी लागुऔषध ऐन २०३३ अनुसार कारवाही भै रहेको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायब उपरीक्षक यज्ञ प्रसाद भट्टराईले बताए।