७ बैशाख २०८१, शुक्रबार
Follow Us

प्रहरीको दरखास्त फारम वितरण तथा दर्ता कार्यको अवधि थपियो

sarusaru
२१ चैत्र २०७५, बिहीबार ०९:०२

काठमाडौं-नेपाल प्रहरीमा प्राविधिक समूह अन्तर्गत विभिन्न उपसमूहतर्फ रिक्त प्राविधिक प्रहरी नायव उपरीक्षक, प्रहरी निरीक्षक, प्रहरी नायव निरीक्षक, प्रहरी सहायक निरीक्षक र प्रहरी जवान पदहरुमा खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधान अनुसार पदपूर्ति गर्न दरखास्त आव्हान गरिएकोमा फारम दर्ता अवधि थप गरिएको छ ।
उक्त पदहरुमा पदपूर्ति गर्न प्रहरी प्रधान कार्यालयबाट २०७५ फागुन १३ गते प्रकाशित विज्ञानपनमा २०७५ चैत २२ गतेसम्म दरखास्त फारम वितरण र दर्ता अवधि तोकिएकोमा पुन:दरखास्त फाराम वितरण तथा दर्ता कार्य २०७६ वैशाख ११ गतेसम्म थप गरिएको हो ।
नेपाल प्रहरीमा योग्य, सक्षम बढी भन्दा बढी उम्मेदवारहरुलाई छनौट प्रकृयामा सहभागी गराउनका लागि सो अवधि थप गरिएको प्रहरी प्रधान कार्यालय मावनश्रोत एवं प्रशासन विभाग, भर्ना तथा छनौट महाशाखाले जनाएको छ ।