१६ चैत्र २०८०, शुक्रबार
Follow Us

मधेसमा एसईई प्रश्नपत्र सार्वजनिक प्रकरणः प्रहरीसहित ६ जना पक्राउ

sarusaru
२१ चैत्र २०७५, बिहीबार ११:०७

काठमाडौं– एसईई परीक्षाको दुई विषयका प्रश्नपत्र परीक्षा हुनुअगावै सार्वजनिक गरेको आरोपमा एक शिक्षकसहित ६ जना पक्राउ परेका छन् । त्यसमा दुई प्रहरी पनि छन् ।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बिहीबार जिल्ला प्रहरी कार्यालय सप्तरीमा पत्रकार सम्मेलन गर्दै घटनामा संलग्न भएकाहरुको विवरण सार्वजनिक गरेको हो ।
स्थानीय प्रहरीको सहयोगमा सीआएईवीले गरेको अनुसन्धानमा राजविराजका मनोज यादव, विष्णुदेव यादव, राजेश यादव, उमेश यादव, ब्रह्मदेव सुनरइत र दीपेन्द्र कुमार मण्डलले प्रश्नपत्र बाहिर्याउन भुमिका खेलेको पाइएको छ । आरोपीमध्ये मनोज शिक्षक हुन् भने ब्रह्मदेव र दीपेन्द्र कुमार प्रहरी जवान भएको बताइएको छ ।
चैत १४ गतेको विज्ञान र १५ गतेको सामाजिक विषयको प्रश्नपत्र परीक्षा सुरु हुनुअगावै उनीहरुले विभिन्न सामाजिक सञ्जालमार्फत आउट गरेका थिए ।
प्रश्नपत्र आउट भएसँगै प्रदेश २ को एसईईका सम्पूर्ण परीक्षा रद्द गरिएको थियो ।