July 7, 2020
5:57 AM | 10:42 AM

इथियोपियन जहाज दुर्घटनाको रहस्य बाहिरियो

  4th April 2019 मा प्रकाशित

इथोपियन एयरलाइनको जहाजको दुर्घटनाको कारण बाहिरिएको छ । एक प्रारम्भिक रिपोर्टमा जहाज दुर्घटना अघि धेरै पटक ‘घोप्टो परेर झरेको’ देखिएको छ ।
पाइलटहरुले ‘बारम्बार’ विमान निर्माता बोइङले त्यस्तो बेला अपनाउनु पर्ने भनेर सिफारिस गरेको सावधानी प्रक्रिया लागू गरेको भए पनि दुर्घटना नटरेको रिपोर्टमा उल्लेख छ ।
दुर्घटनामा १५७ को ज्यान गएको थियो ।
उक्त दुर्घटना पाँच महिनाको अन्तरालमा बोइङ ७३७ म्याक्स जहाजको दोस्रो गम्भीर दुर्घटना थियो ।

प्रतिक्रिया