१२ बैशाख २०८१, बुधबार
Follow Us

बारा–पर्सा आँधी प्रभावितको घर सेना लगाएर बनाउने सरकारको निर्णय

नेपालब्रिटेन डट कम्
२१ चैत्र २०७५, बिहीबार १६:०५

काठमाडौं– सरकारले बारा र पर्सामा आएको भीषण आँधीबाट प्रभावितको घर नेपाली सेना परिचालन गरेर बनाउने निर्णय गरेको छ । घर निर्माणमा लाग्ने सम्पूर्ण खर्च पनि सरकारले नै बेहोर्ने छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रभावित सबैको घर बनाइदिने निर्णय गरेको सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल प्रसाद बास्कोटाले जानकारी दिए ।

घर वर्षायाम अघि नै बनाइसक्ने सरकारको तयारी छ ।
घर निर्माणका लागि प्रदेश २ का प्रमुख सचिवको संयोजकत्वमा बारा र पर्साका प्रमुख जिल्ला अधिकारी, सहरी विकास र रक्षा मन्त्रालयका प्रतिनिधि रहेको समिति गठन गरिएको बाँस्कोटाले जानकारी दिए ।