७ बैशाख २०८१, शुक्रबार
Follow Us

बारको चुनावी परिणामः प्रगतिशिलको वर्चश्व (नामावलीसहित)

नेपालब्रिटेन डट कम्
२१ चैत्र २०७५, बिहीबार १६:२८

काठमाडौँ– कानून व्यवसायीको छाता सङ्गठन नेपाल बार एशोसिएशनको नयाँ नेतृत्वमा प्रगतिशील, पेशागत तथा समावेशी समूहको वर्चश्व भएको छ ।

आज सम्पन्न मतपरिमाणअनुसार २५ जनाको केन्द्रीय कार्यसमितिमा प्रगतिशिल समूहका २२ जना निर्वाचित हुँदै वर्चश्व भएको हो ।

प्रदेश नं– ५ का उपाध्यक्ष, महासचिव र एक खुला मधेशी÷मुस्लिम सदस्यबाहेक सबै पदमा प्रगतिशिल समूहका उम्मेदवार निर्वाचित भएका छन् । प्रगतिशिल समूहबाट अध्यक्षका उम्मेवार बनेका चण्डेश्वर श्रेष्ठले लोकतान्त्रिक समूहका अध्यक्षका अर्का उम्मेदवार सुनिलकुमार पोखरेललाई १४९ मतलेपछि पार्दै श्रेष्ठ निर्वाचित भए ।

अध्यक्षमा निर्वाचित श्रेष्ठले चार हजार २२ मत प्राप्त गरे भने उनका निकटम प्रतिद्वन्द्वी पोखरेलले तीन हजार ८७३ मत प्राप्त गरेको प्रमुख निर्वाचन अधिकृत दामोदर खड्काले जानकारी दिए ।

नवनिर्वाचित अध्यक्ष श्रेष्ठले बारलाई प्राज्ञिक र पारदर्शी थलो बनाउने बताए । लोकतान्त्रिक समूहबाट प्रदेश नं–५ का उपाध्यक्ष सुनिलकुमार श्रेष्ठ, महासचिवमा लिलामणि पौडेल र मधेशी÷मुस्लिम खुलातर्फ मनोजकुमार चौधरीले मात्र निर्वाचित भएका छन् ।

यही चैत १९ गतेदेखि भएको मतगणना आज सकिएको हो । आज सम्पन्न मतगणनाले तीन वर्षका लागि नयाँ नेतृत्व चयन गरेको हो । यस्तैगरी महासचिवमा लोकतान्त्रिक समूहबाट लिलामणि पौडेल निर्वाचित भएका छन् ।

लोकतान्त्रिक समूहका पौडेलले प्रगतिशिल समूहका सुरेन्द्रबहादुर थापालाई ४७७ मतले पछि पार्दै महासचिवमा निर्वाचि भएका हुन् । पौडेलले चार हजार १७८ मत प्राप्त गरे भने थापाले तीन हजार ७०१ मत पाए ।

यस्तै उपाध्यक्षमा प्रदेश नं– १ बाट मानबहादुर रुम्दालीले तीन हजार ९४७ मत, प्रदेश नं २ बाट रामचन्द्र सिंहले तीन हजार ९३८ मत, प्रदेश नं तीन बाट ईश्वरीप्रसाद भट्टराईले चार हजार १६८ मत, गण्डकीप्रदेशबाट सुरेन्द्रथापा मगरले चार हजार २९४ मत, प्रदेश नं ५ बाट सुनिलकुमार श्रेष्ठले तीन हजार ९६८ मत कर्णालीबाट मीनबहादुर महतले चार हजार ५९ मत र सुदूरपश्चिम प्रदेशबाट उमेशप्रसाद विष्टले चार हजार २७ मत प्राप्त निर्वाचित भएका छन् ।

यस्तै महिला उपाध्यक्षमा रक्षा बस्यालले तीन हजार ९४७ मत प्राप्त गरी निर्वाचित भए। यस्तै कोषाध्यक्षमा रुद्रप्रसाद पोखरेलले चार हजार ४६ मत प्राप्त गरी निर्वाचित भए । उनका निकटतम प्रतिद्वन्द्वी तेजबहादुर रावलले तीन हजार ६४१ मत प्राप्त भएका छन् ।

यसैगरी छ खुला सदस्यमा गङ्गाप्रसाद सिग्देलले चार हजार २२, भीमसेन बञ्जाराले तीन हजार ९८२, भुवनप्रसाद निरौलाले तीन हजार ९७६, प्रकाशन महर्जनले तीन हजार ७४२, बालकृष्ण गैरेले तीन हजार ४८९ र खिमानन्द अधिकारीले तीन हजार ४२४ मत प्राप्त गरी विजयी भएका छन् ।

यसैगरी उपत्यकाका खुला उपत्यका बाहिरबाट डा शिवराज पण्डितले चार हजार १६४ मत प्राप्त गरी निर्वाचित भएक छन्। यस्तै दलिततर्फ मोहन साशङ्करले चार हजार ७९ मत, मधेशी÷मुस्लिम उपत्यका बाहिरबाट पञ्चनारायण मण्डल चार हजार १०८, मधेशी÷मुस्लिम खुलातर्फ मनोजकुमार चौधरीले तीन हजार ९३०, आदिवासी÷जनजाति उपत्यका बाहिर बिनाकुमारी सिंहले चार हजार १०५, आदिवासी÷जनजाति खुलातर्फ बद्रीनारायण नगरकोटीले तीन हजार ९९८, महिला उपत्यका बाहिरबाट कल्पनाकुमारी भण्डारीले चार हजार १४५ र महिला खुलातर्फ अञ्जु कायस्थले चार हजार १४ मत प्राप्त गरी निर्वाचित भएक छन् ।
निर्वाचनमा ३५ मतदान केन्द्रबाट देशभर बारका १० हजार ३१३ मतदातामध्ये आठ हजार ३२९ मतदाताले मतदान गरेका थिए ।