१६ चैत्र २०८०, शुक्रबार
Follow Us

धनुषामा फेरि पनि प्रश्नपत्र आउट

sarusaru
२२ चैत्र २०७५, शुक्रबार ०८:२०

प्रश्नपत्र आउट भएपछी स्थगित परीक्षा आज देखि सुरु भएको एसईई परिक्षामा बिज्ञान बिषयको प्रश्नपत्र आउट भएपछि ४ जनालाई निलम्बन गरिएको छ । धनुषाको बरकुर्वा परीक्षा केन्द्रबाट अनिवार्य विज्ञान विषयको प्रश्नपत्र आउट भएको हो ।
परीक्षा सुरु भएको केही बेरमै भित्रबाट मोबाईल मार्फत प्रश्नपत्र आउट भएको कुरा सार्वजनिक भएको छ । परीक्षामा भित्र मोबाईल लैजान पूर्णत निषेध गरिएपनि प्रश्नपत्र भने मोबाईलबाट आउट गरिएको देखिएको छ । प्रश्न कुनै एक परीक्षार्थीले मोबाईलमा फोटो खिचेर बाहिर पठाएपछि परीक्षा दिलाउन आएका अभिभावकहरुले बाहिर मैदानमा प्रश्नपत्र आउट भएको हल्ला गरेपछि सार्वजनिक भएको हो ।
यता, प्रश्नपत्र आउट भए लगत्तै नीरिक्षण तथा अनुगमनको सँयुक्त टोली उक्त परीक्षाकेन्द्रमा पुगेको हो । यसअघि पनि सप्तरीबाट बिज्ञान विषयको प्रश्नपत्र आउट भएपछि परीक्षा स्थगित भएको थियो ।
परीक्षा केन्द्रहरुमा मोबाइल पूर्णत प्रतिबन्ध गरिएपनि कसरी मोबाईलबाट आउट भएको भनेर प्रश्नचिन्ह खडा भएको छ ।
यसैक्रममा उक्त परीक्षाकेन्द्रबाट मोबाइल निषेध गरिएपनि मोबाइल लिएर एक जना गार्ड पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा फकिरचन्दगामी माध्यमिक विद्यालयका शिक्षक एवम् परीक्षामा गार्ड बसेका शंकर यादवलाई अनुगमन टोलीले पक्राउ गरेको हो ।
नीरिक्षक यादव परीक्षार्थीको औजार बक्समा मोबाइल राखेका थिए भने उनले नै प्रश्नपत्र आउट गरेको हुन सक्ने अनुमान गर्दै उनीसँग सोधपुछ तीव्र पारिएको छ । अहिले सम्म पनि स्पेल्ड भएका विद्यार्थी तथा अन्यको नाम भने सार्वजनिक गरिएको छैन ।