७ बैशाख २०८१, शुक्रबार
Follow Us

हत्याको कारण पारिवारिक विवाद र सम्पत्ति

नेपालब्रिटेन डट कम्
२२ चैत्र २०७५, शुक्रबार १६:२८

बारा–वाणगङ्गा नगरपालिका–४, कि अनिता पौडेलको हत्यामा आफ्नै श्रीमान् र भिनाजुको संलग्नता रहेको खुलेको छ । प्रहरीका अनुसार पारिवारिक विवाद र सम्पत्तिका कारण अनिताको हत्या भएको हो ।

गत फागुन १० गते मध्यराति घरमै अनिताको हत्या भएको थियो । धारिलो हतियार प्रहार गरी उनको हत्या गरिएको थियो । आज जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी अनिताको हत्यामा संलग्न रहेको आरोपमा उनका श्रीमान् बाबुराम पौडेल, देवदह नगरपालिका–१० का गुनाखर अधिकारी र श्रीहरि गौतमलाई सार्वजनिक गरेको हो ।

श्रीहरि गौतमसँग मृतकका ससुराले घर निर्माणका लागि रु १४ लाख ऋण सापटी लिएको र अनिताका श्रीमान् श्रीमतीबीच विगत पाँच वर्षदेखि अंश मुद्दा चलिरहेकाले पनि पारिवारिक विवाद र सम्पत्तिका कारण नै हत्या भएको देखिएको कपिलवस्तुका प्रहरी प्रमुख अच्युतम् पुडासैनीले बताए ।

हत्याका आरोपी तीनैलाई प्रहरीले चैत २१ गते नियन्त्रणमा लिएको थियो । अनिताको हत्या बुटवलका गुनाखर अधिकारीले गरेका हुन् । अधिकारीलाई अनिताको हत्या गर्न रु सात लाख रकम ‘डिल’ भएको अनुसन्धानले देखाएको छ । उनको हत्या गरे रु सात लाख रकम दिने भिनाजु श्रीहरिले आफूसमक्ष प्रस्ताव गरेको मुख्य अभियुक्त अधिकारीले प्रहरीसमक्ष बताएका छन् ।

यति मात्र नभई श्रीहरिले अभियुक्तलाई आफूले मासिक रु २५ हजारको जागिर दिने पनि प्रलोभन दिएका थिए । श्रीहरि पेशाले ठेकेदार थिए । सोही ठेक्कापट्टाबाट मासिक रु २५ हजार उपलब्ध गराउने प्रलोभन दिएका थिए । यी दुवै विषयमा अधिकारी र गौतमबीच सहमति भएको बताइएको छ । मृतक अनिताका आठ वर्षीय छोरा र १० वर्षीय छोरी छन् ।