७ बैशाख २०८१, शुक्रबार
Follow Us

एनआरएन जापानले पठायो हावाहुरी पीडितलाई पाँच लाख सहयोग

नेपालब्रिटेन डट कम्
२२ चैत्र २०७५, शुक्रबार १९:३४

टोकियो । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानले नेपालका हावाहुरी पीड़ितको लागि सहयोग जुटाएर हस्तान्तरण गरेको छ । गत आइतवार हावाहुरीले बारा र पर्सामा ज्यान गुमाउने परिवार र हावाहुरी पीडितको लागि सहयोग गर्न एनआरएन जापानले सहयोगको अपिल गरेको थियो ।

जापानमा रहेका विभिन्न संघसंस्थाहरुलाई यो विपत्तीमा संगै हातेमालो गरि चाँडो भन्दा चाँडो राहत पुर्याउनका लागि आह्वान गर्दा ६ लाख ५ सय ५५ येन उठाएर पठाएको एनआरएनए जापानका महासचिव बुद्धिराज घिमिरेले जानकारी दिनुभयो ।

एनआरएनए जापानको कार्यालयमा आज शुक्रवार एनआरएनए आइसीसी अध्यक्ष भवन भट्ट,आइसीसी सदस्य महेश श्रेष्ठलाई सो रकम एनआरएनए जापानका अध्यक्ष टाशी वाङ्दी लामा, महासचिव बुद्धिराज घिमिरे लगायतको रोवरमा सो रकम हस्तान्तरण गर्नुभएको हो । एनआरएनए जापानले सो रकम जेएमई रेमिटबाट नेपाल पठाएको छ ।

हावाहुरी पीडितको घाउमा मलम लगाउन सहयोग गर्ने सहयोगीदाता र विशेष गरी एनआरएनए जापानलाई एनआरएनए आइसीसी अध्यक्ष भवन भट्टले धन्यबाद दिनुभयो ।

एनआरएनए आइसीसीले आफ़नो सबै ८० देशको एनसीसीहरूलाई न्यूनतम ५० हजार सहयोग गर्न अपील गरे पनी जापानबाट जापानी येन ६ लाख ५ सय ५५ अर्थात नेपाली ५ लाख ८४ हजार ३ सय ४० रूपैया नेपाल पठाएको छ ।