१२ बैशाख २०८१, बुधबार
Follow Us

एनआरएनए मध्यपूर्व र मलेसियाद्वारा हावाहुरी प्रभावितलाई राहत वितरण

नेपालब्रिटेन डट कम्
२२ चैत्र २०७५, शुक्रबार १९:३७

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) मध्यपुर्ब र मलेसियाका पदाधिकारीहरुले बाराको विभिन्न गाउँका हावाहुरी प्रभावितलाई राहत वितरण गरेको छ । एनआरएन आईसिसी सचिव डिबी क्षेत्रीको नेतृत्वमा गएको टोलीमा एनआरएन आइसिसी सदस्य मनोज गोर्खाली, एनआरएन मध्यपूर्व संयोजक आर के शर्मा, मध्यपूर्व उपसंयोजक प्रविन गुरुङ,एनआरएन मलेसियाका अध्यक्ष खगेन्द्र न्यौपाने, एनआरएन मलेसियाबाट सन्तोष कार्की, राजेश श्रेष्ठ, एनआरएन पूर्व मध्यपूर्व उपसंयोजक धर्मराज गिरी, एनआरएन पुर्व एसिया प्यासिफिक उपसंयोजक गोबिन्द श्रेष्ठलगायतको उपस्थितिमा बारामा राहत वितरण गरिएको हो ।

गैर आवासीय नेपाली संघ मध्य पूर्व र मलेसियाको सहकार्यमा बाराको शुभर्ण गाउँ पालिका हार्दियाको दलित टोल, फेटा तथा भर्वा्लियामा हावाहुरी प्रभावीत ५०० घर परिवारलाई अहिले सम्म कसैले बितरण नगरेको अती आवश्यक सामान एपियफ र स्थानीयहरुको सहयोगमा टेन्ड,झुल र गर्मीमा समेत ओड्न मिल्ने कमल राहत वितरण गरेको छ ।

एनआरएन मध्यपूर्व र मलेसियाको टोलीले बाराको गाउँ–गाउँमा गएर झुल, टेन्ट र खानपिनका सामानहरु वितरण गरेको एनआरएन सचिब डिबी क्षेत्रीले जानकारी गराए । एनआरएन मध्यपूर्व र मलेशियाका काठमाडौंमा रहेका पदाधिकारीले बाराका सम्बन्धित ठाउँका सरोकार वालाहरुको समन्वयमा राहत बितरण गरेको आईसिसी सदस्य गोर्खालीले बताए । यो नितान्त ‘इन्डिभिजुएल सेल्फ कन्ट्रिव्युसन’ भएको सचिब क्षेत्रीले बताए । एनसिसी र अन्य संस्थागत हुने सबै सहयोग रकम सचिवालयको खातामा जम्मा गरिने र त्यो रकम आबश्यकता अनुसार एनआरएनएका केन्द्रिय पदधिकारीको बैठकले निर्णय गरेर मात्र निकासा हुनेसमेत क्षेत्रिले बताए ।

प्रभाबित क्षेत्रमा जान नसके पनि नेपाली बिजनेस एसोसिएसन्स कतारका उपाध्यक्ष राज रेग्मीले असी हजार रुपैया र अन्तरास्ट्रिय मुस्लिम समाज कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले पचास हजार रुपैया हावा हुरीबाट प्रभावितको सहयोगको लागि दिएकोमा एनआरएन मध्यपुर्ब उपसंयोजक प्रविन गुरुङले धन्यबाद व्यक्त गरे गुरुङले सहयोगी हातहरु सबैपर्ति नमन व्यक्त गर्दै प्रभावित क्षेत्रमा पुग्न नसक्ने एनआरएनहरुलाई पनि सानो ठुलो सहयोग गर्नको लागि अनुरोध गरे ।