१६ चैत्र २०८०, शुक्रबार
Follow Us

हावाहुरी प्रभावीतको राहतको लागि जनसम्पर्क समिती बेल्जियमको एक लाख सहयोगको घोषणा

नेपालब्रिटेन डट कम्
२२ चैत्र २०७५, शुक्रबार २०:१४

बेल्जियम। नेपाली जनसम्पर्क समिती बेल्जियममले हावाहुरी प्रभावीतको लागि एक लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ । विनाशकारी हावाहुरीबाट प्रभावितको लागी जसस बेल्जियमले एक लाख सहयोगको घोषणा गरेको हो ।

हिमाल पहाड तराई कोई छैन पराई, देशमा रहुँ वा बिदेशमा आफ्नो देशमा कुनै दैवी प्रकोप आईरहँदा र देश रोईरहँदा हामी हाँस्न सक्दैनौँ , मानवीय धर्म नै सर्वोत्तम धर्म हो, त्यसैले आफ्नो मातृभुमिको लागी केही गरौँ , नेपाल आमालाई अप्ठियारो पर्दा अगाडी सरौँ भन्दै बेल्जियमले सहयोगको घोषणा गरेको हो ।

बेल्जियम अध्यक्ष सिता सापकोटाले सबैलाई सहयोगका लागि ज्ट्न आग्रह गर्नुहुँदै बारा, पर्सा लगायका क्षेत्रमा भएको विनाशकारी हावाहुरीका कारण ज्यान गुमाउनेप्रती श्रद्धाञ्जली ब्यक्त गर्नुभएको छ । साथै घाईतेहरूको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै मानवीय सेवा नै उत्कृष्ण सेवा भन्ने भावनालाई आत्मसाथ गर्दै नेपाली जनसम्पर्क समिती बेल्जियम तर्फबाट यस दुखद घडीमा बिचल्लीमा परेकालाई सहयोग गर्ने निर्णय गरिएको जानकारी गराउनुभयो