११ बैशाख २०८१, मंगलवार
Follow Us

काठमाडौँमा मेघ गर्जनसहित मुसलधारे वर्षा, देशभरको मौसम बदली

sarusaru
२३ चैत्र २०७५, शनिबार ०४:२१

काठमाडौँ । आज बिहानैबाट काठमाडौँमा मेघ गर्जनसहित मुसलधारे वर्षा भएको छ।

मौसममा आंशिकदेखि सामान्य बदली हुँदा काठमाडौँ लगाएत देशका अधिकांश भूभागमा मेघ गर्जनसहित वर्षा भएको हो।

साथै तराईका सिमाना र पश्चिमी पहाडका केही स्थानमा हल्का हावाहुरी चल्ने तथा उच्च हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

त्यस्तै आइतबार केही स्थानमा मेघ गर्जनसहित वर्षा र मध्य तथा पश्चिमका थोरै स्थानमा हल्का हावाहुरी चल्ने सम्भावना रहेको जानकारीसहित महाशाखाले तीन दिनको मौसमी अवस्थाको पूर्वानुमान गरेको छ।
डिसी नेपाल