१६ चैत्र २०८०, शुक्रबार
Follow Us

आन्तरिक पर्यटन वर्षलाई सघाउँदै बागलुङ चैतेदशैँ मेला

sarusaru
२३ चैत्र २०७५, शनिबार ०६:३३

गण्डकी प्रदेश सरकारले घोषणा गरेकोे ‘आन्तरिक पर्यटन वर्ष २०१९’ सफल पार्न बागलुङको कालिका भगवती गुठी व्यवस्थापन समितिले सक्रियता देखाएको छ।

पर्यटन मन्त्रालयको १०० पर्यटकीय गन्तव्यमध्यको स्थापित गन्तव्यमा पर्ने बागलुङ कालिकाले परम्पराकालदेखि मनाउँदै आएको ऐतिहासिक चैतेदशैँ मेलालाई यस वर्ष प्रदेश सरकारसँग समन्वय गरेर मनाउन थालिएको कालिका भगवती गुठी व्यवस्थापन समितिले जनाएको छ।

परम्पराकालदेखि जिल्लाकै पहिचानका रुपमा रहेको यो मेलामा यो वर्ष फरकशैली अपनाइएका मेला मूल व्यवस्थापन समितिका संयोजक राजु खड्काले बताए।

आगामी २०७६ वैशाख २ गतेसम्म आयोजना गरिने मेलाको थप प्रवद्र्धन गर्न प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयसँग समन्वय गरेको खड्काले बताए।

मेलामा पहिलोपटक मगर समुदायमा प्रचलित तारोखेल, भजन, नौमती बाजा प्रतियोगिता तथा बागलुङका दश स्थानीय तहमा पहिचानका रुपमा रहेको सांस्कृतिक झाँकी प्रदर्शन गरिने मेला मूल व्यवस्थापन समितिले जनाएको छ।

‘गन्तव्य बागलुङ कालिका–कला संस्कृतिको प्रदर्शन, स्थानीय उत्पादन, व्यापार र पर्यटन प्रवद्र्धन’ भन्ने मूल नारासाथ यस वर्षको मेला आयोजना गरिएको हो।

चैतेदशैँको अवसरमा बागलुङ कालिका मन्दिरमा नेपाल तथा भारतबाट आउने धार्मिक पर्यटकले प्रदेश आन्तरिक पर्यटन वर्षलाई सफल पार्न ठूलो टेवा पुर्याउनेछ।

मेलाले गण्डकी प्रदेश सरकारले घोषण गरेको आन्तरिक पर्यटन वर्ष २०१९ लाई ठूलो सघाउ पुर्यायाउने अपेक्षा गरिएको बागलुङ पर्यटन विकास समितिका सचिव अर्जुन चोखालले बताए।
डिसी नेपाल