१२ बैशाख २०८१, बुधबार
Follow Us

लिभरपुल शीर्ष स्थानमा

sarusaru
२३ चैत्र २०७५, शनिबार ०८:२८

एजेन्सी /मोहमद सलाहको कीर्तिमानी गोलसँगै लिभरपुलले इङ्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा फर्किएको छ । सुक्रबार राति भएको खेलमा लिभरपुलले साउथह्याम्पटनलाई ३–१ गोलले हरायो । लिभरपुलको जितमा मोहम्मद सलाह, नावी केइटा र जोर्डन हेन्डरसनले गोल गरे । साउथह्याम्पटनका साने लङले गोल गरे ।

खेलमा सुरुवाती अग्रता साउथह्याम्पटनले लिएको थियो । साउथह्याम्पटनका साने लङले नवौं मिनेटमा गोल गरे । साउथह्याम्पटनको गोलपछि आक्रमक देखिएको लिभरपुलले ३६औं मिनेटमा बराबरी गोल फर्कायो । लिभरपुलका नावी केइटाले पहिलो गोल गरे ।

८०औं मिनेटमा मोहममद सलाहले दोस्रो गोल गरेका थिए । यससँगै सलाह लिभरपुलका लागि छिटो ५० गोल पार गर्ने पहिलो खेलाडी बने । उनले फर्नान्डो टोरेसको कीर्तिमानलाई तोडेका हुन् । सलाहले ६९ खेलमा ५० गोल गर्न सफल भएका हुन् । यसअघि फर्नान्डो टोरेसले ७२ खेलमा ५० गोल पूरा गरेका थिए । त्इसपछि ८६औं मिनेटमा जोर्डन हेन्डरसनले गोल गर्दै लिभरपुललाई सहज जित दिलाए ।

जितसँगै लिभरपुल पुनः लिगको शीर्ष स्थानमा उक्लिएको छ । लिभरपुलको ३३ खेलबाट ८२ अंक बनाएको छ । दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको ८० अंक छ । ३३ अंक बनाएको साउथह्याम्पटन १६औं स्थानमा छ ।