१५ चैत्र २०८०, बिहीबार
Follow Us

सिटौलासँग भागवण्डा नमिलेपछि कांग्रेस बैठक स्थगित

नेपालब्रिटेन डट कम्
२४ चैत्र २०७५, आईतवार ०२:१३

काठमाडौं–शीर्ष नेताबीच कार्यसम्पादन समिति गठनमा भागवण्डा नमिलेपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित भएको छ । कार्यसम्पादन समिति गठनलगायतका एजेन्डासहित शनिबार केन्द्रीय बैठक आह्वान गरिएको थियो । नेपाल समाचारपत्र दैनिकमा खबर छापिएको छ ।

कार्यसम्पादन समितिमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भागवण्डा मिले पनि अर्का नेता कृष्णप्रसाद सिटौलासँग भागवण्डाको कुरा नमिलेपछि कार्यसम्पादन समिति गठनमा सहमति हुन नसकेको हो । २९ सदस्यीय कार्यसम्पादन समितिमा पदाधिकारीसहित वरिष्ठताको आधारमा सदस्य रहने व्यवस्था छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार कार्यसम्पादन समिति गठनमा थप छलफल र सहमति गर्नुपर्ने भएकाले बैठक स्थगित भएको हो । अघिल्लो दिन कार्यसम्पादन समिति गठन गर्नेबारे सभापति देउवा, वरिष्ठ नेता पौडेल र सिटौलालगायत शीर्ष नेताबीच छलफल भएको थियो ।