७ बैशाख २०८१, शुक्रबार
Follow Us

वर्षाकै झल्को दिँदै प्रि–मनसुन

नेपालब्रिटेन डट कम्
२४ चैत्र २०७५, आईतवार ०२:२०

काठमाडौं–क्षणभरमा मौसम बदलिने, अपरान्ह्रपछि मेघ गर्जदै हल्का र क्षणिक वर्षा हुने मनसुन पूवाद्र्ध अर्थात् ‘प्रि–मनसुन’ को लक्षण हो । तर यसपटकको प्रि–मनसुन मध्य वर्षाद्को समयझै सक्रिय भएको छ ।

हरेक दिन बिहान, दिउँसो, बेलुका जुनसुकै समयमा पनि वर्षा भइरहेको छ । स्थानीय वायु, बंगालको खाडी र अरब सागरको वायुको प्रभावले हिजोआज प्रि–मनसुन निकै सक्रिय भएको जल तथा मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् शान्ति कँडेलले बताइन् । ‘सामान्यतया स्थानीय वायुको प्रभावले प्रि–मनसुन सक्रिय र निस्क्रिय हुन्छ’, उनले भनिन्– ‘यसपटक बंगालको खाडी र अरब सागरबाट पनि पर्याप्त मात्रामा जलवाष्पयुक्त हावा सजिलै नेपाल प्रवेश गरिरहेकाले प्रि–मनसुन सक्रिय भइरहेको छ ।’

नेपालभित्रै विकास भएको न्यून चापीय रेखाले शनिबार बिहान सबेरैदेखि मुलुकका अधिकांश भेगको मौसम प्रभावित भएको कँडेलले बताइन् । नेपाल समाचारपत्र दैनिकमा खबर छापिएको छ ।