१६ चैत्र २०८०, शुक्रबार
Follow Us

नेपालमा टोर्नाडो : जहाँ छुन्छ, त्यहाँ ध्वस्त बनाउँछ

नेपालब्रिटेन डट कम्
२४ चैत्र २०७५, आईतवार ०२:२४

काठमाडौं । एक साताअघि बारा र पर्सामा ठूलो जनधनको क्षति हुनेगरी आएकोे आँधीबेहरीसहित वर्षा हुनुका कारण टोर्नाडो भएको पुष्टि भएको छ । मौसमविद्हरूको अध्ययन टोलीले घटनापछि गरेको अध्ययनबाट ठूलो रूपमा आएको आँधीबेहरी टोर्नाडो नै भएको निष्कर्ष निकालेका हुन् ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)का प्राज्ञ तथा वरिष्ठ मौसमविद् मदनलाल श्रेष्ठसहितको एक टोलीले गरेको अध्ययनले नेपालको इतिहासमै पहिलोपटक टोर्नाडो आएको पुष्टि गरेको हो । मौसमविद् श्रेष्ठका अनुसार टोर्नाडो आउँदा आकाशबाट बादलसहितको वायु सोली आकारमा धर्तीमा केन्द्रित हुन्छ, जहाँ छुन्छ, त्यहाँ पूरै विनाश गर्छ, बाहिर बादलको घेरा र भित्र हावाको न्यून चाप हुने हुँदा यसले छोएका हरेक भौतिक वस्तु उखेलिन्छन् । सुरुमा आँधीबेहरी भनेर पूर्वानुमान गरिए पनि त्यसभित्र पनि उच्चतम जोखिम भएको मौसम प्रणालीको विकास हुँदा टोर्नाडो बन्छ ।

मौसमविद् श्रेष्ठका अनुसार टोर्नाडो आउँदा सुक्खा हुरीसहितको बादल र पानी भएको बादल गर्जंदै चट्याङ, असिना पर्ने अनि सँगै कडा आँधीको सिर्जना हुन्छ । त्यसले फैलिएको आकारबाट खुम्चिँदै तल सानो क्षेत्रमा कडा भार सिर्जना गर्छ । टोर्नाडो सिधा जमिनमा आउने तीव्र गतिको वायु हो । यो ४ सय किलोमिटर प्रतिघटाका दरले आउने गरेको पाइन्छ । बारा र पर्सामा क्षति पुग्ने गरी आएको टोर्नाडो एक दशमलव ६ किलोमिटर चौडाइको भएको अध्ययनले देखाएको छ । यसको लम्बाइ एकीन गर्न नसकिए पनि ८० किलोमिटर लम्बाईसम्मको हुने गरेको पाइन्छ । राजधानी दैनिकमा खबर छ ।