६ बैशाख २०८१, बिहीबार
Follow Us

राजपा र फोरम एकीकरण : पत्रमै सीमित

नेपालब्रिटेन डट कम्
२४ चैत्र २०७५, आईतवार ०२:२९

काठमाडौं– राष्ट्रिय जनता पार्टी (राजपा नेपाल) र संघीय समाजवादी फोरम नेपालबीचको एकीकरण पत्रमै सीमित भएको छ । एकताका लागि दुवै दलले पत्र अदान–प्रदान गरे पनि अहिलेसम्म यसबारे एकपटक पनि वार्ता गरेका छैनन् ।

दुवै दलले एकीकरणका लागि औपचारिक रूपमा आआफ्नो दलमा छलफल गरी पत्र आदान–प्रदान गरे पनि यसबारे दुवै दलले एकपटक पनि वार्ता गरेका छैनन् । एकअर्कालाई पत्र लेख्दै दुवै दलले एकीकरणका लागि सकारात्मक रहेको र छिट्टै एकता टुंगो लगाउन पहल गर्नुपर्ने निष्कर्षमा पुगेका थिए ।

फोरम नेपालका उपमहासचिव एवं केन्द्रीय कार्यालयका प्रमुख प्रकाश अधिकारीले दुई दलका बीचमा पत्र आदान–प्रदान भए पनि एकीकरणकै लागि वार्ता नभएको बताए । दुवै दल एकीकरणका लागि सकारात्मक रहेको बताउँदै उनले छिट्टै वार्ता पनि हुने बताए । राजधानी दैनिकमा यो खबर छापिएको छ ।