११ बैशाख २०८१, मंगलवार
Follow Us

खुर्पा प्रहार गरी पत्नीले गरिन् पतिको हत्या

sarusaru
२४ चैत्र २०७५, आईतवार ०३:१२

काभ्रे । काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–२ रविओपीमा शनिबार श्रीमतीले खुर्पा प्रहार गरी श्रीमानको हत्या गरेकी छिन्।

प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार धुलिखेल नगरपालिका– २ की ५५ वर्षीया लालीमाया तामाङले ६० वर्षीय श्रीमान् सुकराम तामाङलाई खुर्पा प्रहारी गरी हत्या गरेकी हुन्।

सँगै बसेर मादक पदार्थ सेवन गरेपछि उनीहरुबीच झगडा भएको थियो।

सुकरामलाई उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको हो । खुर्पा प्रहारबाट सुकरामकी ७० वर्षीया फूपु कान्छीमाया गम्भीर घाइते भएकी छिन्।

उनी बनेपास्थित शीर मेमोरियल अस्पतालमा उपचारपछि घर फर्केकी छिन्। प्रहरीले हत्यामा संलग्न लालीमायालाई पक्राउ गरेको छ।
डिसी नेपाल