१३ बैशाख २०८१, बिहीबार
Follow Us

अझैं तीन दिन हावाहुरी र मेघ गर्जनसहित पानी पर्ने

sarusaru
२४ चैत्र २०७५, आईतवार ०५:१२

आइतबारदेखि तीन दिन हावाहुरी र मेघ गर्जसहितको वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आइतवार दिउँसो देशभरि नै आंशिक देखि सामान्य बदली रहनेछ । महाशाखाले भनेको छ, देशको पुर्वी तथा मध्य भूभागका केहि स्थानमा र पश्चिमी भुभागका थोरै स्थानहरुमा हावाहुरी र मेघ गर्जन सहित वर्षाको संभावना देखिन्छ।

राति: देशभरि नै आंशिक देखी सामान्य बदली रहनेछ । देशको पुर्वी र मध्य भू-भागका थोरै स्थानमा र पश्चिमि भु-भागका १-२ स्थानहरुमा मेघ गर्जनका साथ हल्का वर्षाको संभावना देखिन्छ। तराईका केहि स्थानहरुमा हुरि बतास चल्ने संभावना छ |

चैत्र २५ गते (सोमबार):

दिउँसोः देशभरि नै आंशिक देखी सामान्य बदली रहनेछ ।देशको पूर्वि भू-भागका थोरै स्थानमा र मध्य तथा पश्चिमका १-२ स्थानहरुमा मेघ गर्जन सहित वर्षाको संभावना देखिन्छ।

राति: देशका पूर्वी भु-भागहरुमा सामान्य बदलि र बांकि भू-भागहरुमा आंशिक देखी सामान्य बदली रहनेछ । देशको पुर्वी तथा मध्य भू-भागका केहि स्थानमा र पश्चिमी पहाडी भू-भागका एक वा दुई स्थानमा मेघ गर्जनका साथ हल्का वर्षाको संभावना देखिन्छ। तराईका केहि स्थानहरुमा हुरि बतास चल्ने संभावना छ |

चैत्र २५ गते (मंगलबार):

दिउँसोः देशका पूर्वी र मध्य भु-भागमा आंशिक देखि सामान्य बदली र पश्चिमि भु-भागमा आंशिक बदली रहनेछ । देशको पूर्वि भू-भागका थोरै स्थानमा र मध्य तथा पश्चिमका १-२ स्थानहरुमा मेघ गर्जन सहित वर्षाको संभावना देखिन्छ। पूर्वि तराईका केहि स्थानहरुमा हुरि बतास चल्ने संभावना छ |

राति: देशका पूर्वी भु-भागमा आंशिक देखि सामान्य बदली र बांकि भु-भागमा आंशिक बदली रहनेछ । देशको पुर्वी तथा मध्य भू-भागका केहि स्थानमा र पश्चिमी पहाडी भू-भागका एक वा दुई स्थानमा मेघ गर्जनका साथ हल्का वर्षाको संभावना देखिन्छ। पूर्वि तथा मध्य तराईका केहि स्थानहरुमा हुरि बतास चल्ने संभावना छ |
टिभि अन्नपूर्ण