१२ बैशाख २०८१, बुधबार
Follow Us

नेपोलियनले आफ्नी पत्नीलाई लेखेको २०० वर्ष पुरानो पत्र ५ लाख ७५ हजार डलरमा लिलामी

sarusaru
२४ चैत्र २०७५, आईतवार ०६:३७

एजेन्सी । फ्रान्सका शासक नेपोलियन बोनापार्टद्वारा आफ्नो पत्नी जोसेफाइनलाइ लेखेका तीन प्रेम पत्र ५ लाख ७५ हजार अमेरिकी डलरमा लिलामी भएको छ ।
तीन पत्र सन् १७९६ देखि सन् १८०४ बीच लेखिएका थिए । लिलामी घराना ड्रोउले उक्त कुराको जानकारी दिएको हो ।
सन् १७९६ मा इटाली अभियानको दौरान लेखिएको एक पत्रमा नेपोलियनले पत्नी जोसेफाइनलाई भनेका छन् ,“ मेरी प्यारी साथी, तिम्रो कुनै पत्र प्राप्त भएको छैन । निश्चय नै यसमा केही विशेष कारण होला । त्यसैले त तिमीले आफ्नो पतिलाई बिर्सेऊ । मलाई भने काम र अत्यधिक थकानबीच केवल तिम्रो मात्र सम्झना आउँछ । ”