६ बैशाख २०८१, बिहीबार
Follow Us

नेपाल आइडल रवि ओडको पहिलो भिडियो ‘मिठो बोलीले…’

sarusaru
२४ चैत्र २०७५, आईतवार ०९:३५

काठमाडौं– दोस्रो नेपाल आइडल रवि ओड आफ्नो सांगीतिक जीवनकै पहिलो औपचारिक गीतको म्युजिक भिडियो दर्शक तथा स्रोतामाझ ल्याएका छन् । शुक्रवार यूट्युब मार्फत सार्वजनिक भएको ‘मिठो बोलीले…’ गीतको भिडियोले छोटो समयमै दर्शकको मन जित्न सफल भएको छ ।
नृत्यपरक गीतमा हरि लम्सालको संगीत तथा कृष्ण केसीको शब्द रहेको छ । गीतको भिडियो निकै आकर्षक बनेको छ ।
शिव बिकेको कोरियोफी तथा निर्देशन रहेको भिडियोमा अभिनेत्री एलिशा राई तथा गायक रवि ओड नै फिचर्ड छन् । सुप्रिम पराजुलीले उक्त भिडियोलाई सम्पादन गरेका हुन् । रामेश्वर कार्की भिडियोका छायांकार हुन् ।
भक्तपुर दरवार स्क्यावरको आकर्षक लोकेशनमा छायांकन गरिएको भिडियोमा करिव ६० जना कोरस कलाकारको प्रयोग गरिएको छ ।