७ बैशाख २०८१, शुक्रबार
Follow Us

आर्थिक प्रलोभनमा पार्न खोज्ने नियन्त्रणमा

sarusaru
२४ चैत्र २०७५, आईतवार १०:०९

काठमाण्डौ, २४ चैत यही चैत २३ गते २१:१० बजे काठमाण्डौ महानगरपालिका-१५ सितापाईला स्थित सड्क खण्डमा महानगरीय प्रहरी वृत्त स्वयम्भुबाट खटिएको प्रहरी टोलीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने बा.१ झ ७५७८ नम्बरको माइक्रोबसका चालक धादिङ फिदिम ५ का डन बहादुर थापा लाई पक्राउ गरेको छ । माईक्रो बसलाई चेकजाँच गर्दा कागजपत्र नभएकाले प्रहरीले कारबाही गर्न खोज्दा कारवाहीबाट बच्न थापाले नगद ५ सय दिई प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोजेका थिए । नगद सहित निजलाई नियन्त्रणमा लिई थप थप अनुसन्धान भईरहेको छ ।