१५ चैत्र २०८०, बिहीबार
Follow Us

बैरागी काइँला र निलम कार्की निहारिकालाई पद्यश्री

नेपालब्रिटेन डट कम्
२९ आश्विन २०७३, शनिबार १२:१३

काठमाडौं- यस बर्षको पद्यश्री साधन सम्मानबाट साहित्यकार बैरागी काइलालाई र पद्यश्री साहित्य पुरस्कार चिरहरण उपन्यासका लागि नीलम कार्की निहारिकालाई प्रदान गरिएको छ।

शनिबार एक समारोहकाबीच खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले उक्त सम्मान साहित्यकार द्वयलाई प्रदान गर्‍यो। पुरस्कारको रासी दुई लाख रहेको छ।

पुरस्कार चयनका लागि अन्तिम पाँचमा गिरब गिरीको वीरगञ्ज, रामलाल जोशीको ऐना, कुमार नगरकोटीको मिस्टिका र भूपिनको सुप्लाको हवाईजहाज परेका थिए।

पद्यश्री साधन सम्मानबाट सम्मानित बैरागी काइला आयामेली कविका रुपमा चिनिन्छन्। काइला नेपाल प्रज्ञा- प्रतिष्ठानको कुलपति समेत भएका थिए। उनी किराँत लिम्बू भाषा, संस्कृति र इतिहासको अध्यान अनुसन्धानमा समेत संलग्न छन्।

यस्तै पद्यश्री साहित्य पुरस्कारबाट सम्मानित निहारिका उपन्यास, कथा र कविता लेखनमा सक्रिय छन्। उनको उपन्यास चिरहरण महाभारतको आधारभूमिमा लेखिएको छ। उनको उपन्यासमा द्वापर युगकी सत्यवतीदेखि द्रौपदीसम्मका नारी पात्रहरुको विश्लेषण आधुनिक युगको आँखाबाट गरिएको छ।

भूमण्डलीकरणको समयमा सर्जकहरु विश्वको जुन कुनामा बसेर सिर्जना गरे पनि उनीहरु सम्मानको हकदार हुने प्रतिष्ठानका संरक्षक जीवा लामिछानेले बताए।