१४ बैशाख २०८१, शुक्रबार
Follow Us

१२९ सशस्त्र प्रहरी जवान कार्यक्षेत्रमा

नेपालब्रिटेन डट कम्
२५ चैत्र २०७५, सोमबार ०२:४४

काठमाडौं। सशस्त्र प्रहरी बल, नेपाल नम्बर १९ गण हेक्वा (विशेष कार्यदल) बगलामुखी काठमाडौंमा सञ्चालित सि.सं. २२६ (ड) सशस्त्र प्रहरी जवान आधारभूत तालिम सम्पन्न भएको छ । सशस्त्र प्रहरी नायव महानिरीक्षक सुरजकुमार श्रेष्ठले आइतबार सोही गणमा आयोजित कार्यक्रममा सो तालिमको समापन गरेका छन् ।
सो अवसरमा सशस्त्र प्रहरी नायव महानिरीक्षक श्रेष्ठले तालिममा सर्वप्रथम हुन सफल सशस्त्र प्रहरी जवान भक्तबहादुर पेग्नी, शारीरिक सहिष्णुतातर्फ प्रथम हुन सफल सशस्त्र प्रहरी जवान जगतबहादुर बगाले, चाँदमारीतर्फ प्रथम भएका सशस्त्र प्रहरी जवान किरण तामाङ र कवाजतर्फ प्रथम भएका सशस्त्र प्रहरी जवान दिवस तामाङलाई पुरस्कार समेत प्रदान गरे ।

सशस्त्र प्रहरी नायव महानिरीक्षक श्रेष्ठले सो अवसरमा सशस्त्र प्रहरी बल, नेपालमा नव प्रवेशी प्रशिक्षार्थी जवानहरुले लामो समयको कठिन तालिम सफलतापूर्वक सम्पन्न गरेकोमा हार्दिक बधाई दिँदै उनीहरुलाई कार्यक्षेत्रमा सफलताको शुभकामना व्यक्त गरे । उनले आधारभूत तालिमबाट प्राप्त ज्ञान, शिप, कला र कौशलले प्रशिक्षार्थीहरुको व्यावसायीक दक्षतामा अभिबृद्धि हुनुका साथै कार्यक्षेत्रमा गएपछि आईपर्ने विभिन्न जिम्मेवारी तथा चुनौतीहरुको सामना गर्न सक्षम हुने विश्वास व्यक्त गरे ।
सशस्त्र प्रहरी नायव महानिरीक्षक श्रेष्ठले राज्यप्रदत्त जिम्मेवारी निर्वाहको क्रममा राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुले सीमा अपराध नियन्त्रण, विपद् प्रकोपमा उद्धार, राजश्व चुहावट नियन्त्रण लगाएतका विभिन्न जिम्मेवारीहरुमा उत्कृष्ट कार्यसम्पादन गरिरहेको चर्चा गरे । राजधानी दैनिकमा खबर छ ।