१३ बैशाख २०८१, बिहीबार
Follow Us

बिहान ५ बजेदेखि राति १० बजेसम्म सार्वजनिक यातायात चलाउनैपर्ने

नेपालब्रिटेन डट कम्
२५ चैत्र २०७५, सोमबार ०२:५३

काठमाडौँ – काठमाडौँका सडकमा बिहान ५ बजेदेखि राति १० बजेसम्म सार्वजनिक सवारीसाधन अनिवार्य चलाउनुपर्ने व्यवस्थासहितको विद्येयक काठमाडौँ महानगरपालिका नगरसभाबाट पारित भएको छ ।

आइतबार बसेको नगरसभाको चौथो अधिवेशनले सवारी तथा यातायात व्यवस्थापन विद्येयक पारित गरेको हो ।

पारित विद्येयक १५ दिनमा मेयर विद्यासुन्दर शाक्यले प्रमाणीकरण गरेपछि कार्यान्वयनमा आउनेछ । नयाँ पत्रिका दैनिकमा यो खबर छापिएको छ ।