१३ बैशाख २०८१, बिहीबार
Follow Us

नेपाली जनम्पर्क समिति बेल्जियमको विवाद मिल्यो, सिता सापकोटा संयोजक

नेपालब्रिटेन डट कम्
२५ चैत्र २०७५, सोमबार ०८:५८

बेल्जियम– नेपाली जनम्पर्क समिति बेल्जियमको लामो समयदेखि कायम विवाद अन्त्य भएको छ ।
विवाद मिलाउनकै लागि नेपाली काँग्रेसको विधान विपरित गरिएका कारबाही र समितिको विधान विपरित गरिएको मनोनयन रद्द गरिएको छ।
नेपाली कांग्रेसका आमन्त्रित केन्द्रिय सदस्य किरण पौडेलको पहलमा बेल्जियममा बसेको सरोकारहरुको बैठकले विवादको अन्त्य गरेको हो ।
सहमति अनुसार वर्तमान सभापति सीता सापकोटाबमे संयोजत्वमा पाँचौ अघिवेशन तयारी समिति गठन गरिएको छ ।
यस्तै उपसंयोजकमा सुवास गुरुङ रहेका छन् । यसअघि सापकोटा र गुरुङको नेतृत्वमा नेपाली जनसम्पर्क समिति बेल्जियमा समानान्तर समिति अस्तित्वमा रहेका थिए ।
कांग्रेस केन्द्रले सर्वाधिकार प्रयोग गर्ने अधिकार सहित वेल्जिजयम पुगेका पौडेलले दुवै पक्षसँग पटक पटक छलफल गरेपछि सो सहमति भएको बताइएको छ ।
महाधिवेशन तयारी समितिलाई २४ मे भित्र अधिवेशन सम्पन्न गराउने कार्यादेश दिइएको छ ।