१६ चैत्र २०८०, शुक्रबार
Follow Us

हेर्दा हेर्दे देश सिक्किमीकरण हुन्छ : चित्र बहादुर के.सी.

sarusaru
२५ चैत्र २०७५, सोमबार ११:१३

बुटवल , २५ चैत बुटवल( राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नागरिकता विधेयक खारेज गर्न नसके हेर्दा हेर्दै सिक्किम हुने बताएका छन् ।

अखिल नेपाल शिक्षक संघ पाँचौं राष्ट्रिय परिषदलाई आज बुटवलमा सम्बोधन गर्दै अध्यक्ष केसीले विदेशीलाई नागरिकता दिलाएर नेपाललाई फिजिकरण र सिक्किमीकरण बनाउने खेल भइरहेको दाबी गरे । उनले भर्ने फिजि, सिक्किम हुनेवाला छ, मैलै तपाईंहरूलाई उत्तेजित बनाउन भनेको होइन ।’

जन्मको आधारमा नागरिकता दिने सरकारको पछिल्लो निर्णय राष्ट्रघाती कदम भएको टिप्पणी गर्दे संसदमा छलफलकै क्रममा रहेको नागरिकता विधेयकलाई लत्याएर सरकारले प्रमुख जिल्ला अधिकारी मार्फत विदेशीलाई नागरिकता बाँड्ने काम गरेको उनले बताए ।

‘अंगीकृतबाट जन्मिएकालाई वंशजको नागरिकता किन दिनुको पछाडिको कारण के हो ?,’ केसीले प्रश्न गरे, ‘सांसद बनाउन छेकेको थिएन, अब राष्ट्रपती बनाउन वंशज बनाउने खेल भएको हो ।

हिजोको शासकहरूको जुन गति थियो, नेकपाहरू पनि उतै (भारत) कै दबाबमा परे । सीडीओले धमाधम नागरिकता बाँड्न थाले अब नेपाली नै अल्पमतमा पर्नेवाला छन् ।’

पूर्वमन्त्री समेत रहेका अध्यक्ष केसीले थपे, ‘उस्तै परे संसदभित्रबाट फेल हुने हो कि भनेर यो कदम चालिएको हो । नागरिकता विधेयक खारेज गर्न नसके हेर्दा हेर्दै फिजि, सिक्किम हुनेवाला छ, मैलै तपाईंहरूलाई उत्तेजित बनाउन भनेको होइन ।’

संघीयता नेपाली जनताको समृद्धिका लागि होइन नलाइएको केसीको भनाइ छ । अध्यक्ष केसीले शिक्षामा भएको निजीकरणले देशमा जनशक्ति बस्ने वातावरण नरहेको बताए ।

उनले अहिले निजी बोर्डिङ स्कूलमा पढेका विद्यार्थीहरू स्वदेशमा भन्दा विदेश जान आतुर हुने गरेको बताए । शिक्षा प्रणाली गलत हुँदा जनशिक्त पलायन हुने अवस्था आएको अध्यक्ष केसीले बताए । उनले भने, ‘पाँच पढ्यो छोड्यो, १० पढ्यो गाउँ छोड्यो, १२ पढ्यो देश छोड्यो ।’ अहिलेको शिक्षा प्रणालीबाट देशका लागि भन्दा विदेशमा जानका लागि तयार भएको टिप्पणी गरे ।