११ बैशाख २०८१, मंगलवार
Follow Us

आँधी प्रभावित क्षेत्रमा महामारी फैलने खतरा

नेपालब्रिटेन डट कम्
२५ चैत्र २०७५, सोमबार १८:२८

काठमाडौं–गैरआवासिय नेपाली संघ (एनआरएन) अन्तर्गतको ग्लोबल हेल्थ एण्ड हाइजिन कमिटीको टोलीले हालै बारामा गएको टोर्नाडो नामक आँधी प्रभावित क्षेत्रको निरीक्षण गरेको छ ।

सो क्रममा टोलीले स्थानीयलाका लागि सामान्य स्वास्थ्य जाँचका साथै rapid health assessment समेत सञ्चालन गरेको छ ।

सो क्रममा प्रभावितलाई आधारभूत स्वास्थ्यसम्बन्धी जानकारी प्रदान गरिएको ग्लोबल हेल्थ एण्ड हाइजिन कमिटीका अध्यक्ष डा सञ्जीव सापकोटाले जानकारी दिए ।

ग्लोबल हेल्थ एण्ड हाइजिन कमिटीले यो rapid health assessment  नेपाल मेडिकल विद्यार्थी समाजको सहकार्यमा सञ्चालन गरेको थियो ।
याे कार्यक्रममा डाक्टर सागर राना मगर, डा अर्जुन कुमार चौधरी, डा राम प्रकाश साहलगायतको सहभागिता रहेको थियो भने त्यसका लागि डाक्टर सिद्धार्थ भण्डारी र डा सुरेन्द्र सापकोटाले स्थानीयस्तरमा समन्वयकारी भूमिका खेलेका थिए ।
आँधी प्रभावित बाराको फेटामा भएको rapid health assessment मा स्वास्थ्य परामर्शका लागि ठूलो संख्यामा स्थानीय पुगेका थिए । सो क्रममा उनीहरुले पानी कसरी सुद्धीकरण गर्ने भन्नेबारेमा जिज्ञासा राख्नुका साथै सुद्धीकरणको विधिको समेत ज्ञान हासिल गरेका थिए ।
टोलीले प्रभावित क्षेत्रमा महामारी फैलन सक्ने भन्दै रोकथामका लागि तत्काल पहलको जरुरी रहेको औंल्याएको छ ।